Logo
१५ बैशाख २०८१, शनिबार
(January 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचारको आरोपमा राजपाका मन्त्रीहरुलाई बर्खास्त गर्दै मुख्यमन्त्री राउत

राष्ट्रियसभाको निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि प्रदेश २ स्थित मुख्यमन्त्री लालबाबु राउतले सरकारबाट राजापाका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी थालेका छन् ।

समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारमा सहभागी राजपा नेपालका तीनवटै मन्त्रिहरू र राज्यमन्त्रीलाई बर्खास्त गरेर बदला लिने तयारी गरेका हुन् ।

राजपाका मन्त्रीहरुले सम्हाले मन्त्रालयहरुमा चरम भ्रष्टाचार र अनियमितता बढेको भन्दै राजपाका मन्त्रीहरुलाई बर्खास्त गर्न लागिएको हो ।

“नेकपा-राजपाको नजिकताले त्यतिकैपनि हाम्रो सरकारको खासै बढी आयु छैन कति दिन राजपाको घुर्की सहने” मन्त्री समेत रहेका सपाका एक नेताले भने -“हामीले बर्खास्तीको तयारी थालेका छौं”।

नाम न उल्लेख गर्ने सर्त उनले आवश्यक परे हामी प्रतिपक्षमा बस्न तयार छौं तर राजपाको भ्रष्टाचार र अनियमितताले आंतक नै मच्चायो।

नेकपा-राजपा गठबन्धनले सपा नेतृत्वको बर्तमान सरकार ढाल्ने योजना बनाई रहेको भन्दै त्योभन्दा अगावै राजपालाई बर्खास्त गर्ने तयारी भैरहेको उनको दावी छ ।

यता, हालै सम्पन्न राष्ट्रियसभा निर्वाचनमा आफ्ना ७ जना सांसदहरूले राजपा नेकपा गठबन्धनलाई भोट हालेपछि समाजवादी पार्टीमा हलचल मचेको छ भने सपाको सर्मनाक हार भएको छ ।

प्रकाशित मिति: Jan 25, 2020

प्रतिक्रिया दिनुहोस्