Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले साझा यातायातलाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने

सरकारले साझा यातायातलाई दिएको रकम ब्याजसहित फिर्ता लिने भएको छ ।

सरकारले ३ सय वटा विद्युतीय बस खरिद गर्न साझालाई ३ अर्ब सेयरवापत दिएको थियो ।

साझा यातायातले समयमै विद्युतिय बस खरिद गर्न नसकेपछि सरकारले सेयरमार्फत दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको हो ।

साझालाई दिने भनेको रकम नदिने र दिईसकेको रकम ब्याजसहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताए ।

उनका अनुसार अब विद्युतिय बस सरकार आफैले किन्ने भएको छ । विद्युतिय बस आपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको बाँस्कोटाले बताए ।

प्रकाशित मिति: Jan 23, 2020

प्रतिक्रिया दिनुहोस्