Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेबाट मौन अवधि शुरू हुँदै

राष्ट्रिय सभा सदस्यको रिक्त पदको निर्वाचनको लागि सोमवार आज राति १२ बजेबाट मौन अवधि शुरू हुँदै छ ।निर्वाचन आचारसंहिताअनुसार निर्वाचन शुरू हुने ४८ घण्टा अघिबाटै मौन अवधि शुरू हुन्छ ।

 

मौन अवधि शुरू भएपछि दलहरू वा उम्मेदवारले मतदातासँग मत माग्न वा कुनै पनि माध्यमद्वारा चुनावी प्रचारप्रसार सञ्चालन गर्न पाउने छैनन् ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठले सोमवार राति १२ बजेबाट राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि शुरू हुने जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 20, 2020

प्रतिक्रिया दिनुहोस्