Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक नरेशको थारु गीत ‘पहाडी बठनिया’ बजारमा  (भिडियो सहित)

काठमाडौँ – गायक तथा संगीतकार नरेश जोगीले माघीको अवसर पारेर ‘पहाडी बठनिया’ बोलको थारु भाषाको गीत डिजिटल बजारमा ल्याएका छन् ।

नरेशकै आफ्नै शब्द संगीत र स्वर रहेको गीतको भिडियोमा नायक पल शाह र नायिका बर्षा राउतले अभिनय गरेका छन् । पल र बर्षाले पहिलो पटक थारु गीतमा अभिनय गरेका हुन् ।

नरेशलाई गीतमा गायिका कामना प्रसाईले साथ दिएकी छन् । अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियो मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्