Logo
१३ बैशाख २०८१, बिहीबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोटी अस्पताललाई सुविधा सम्पन्न बनाइने : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री  त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुदूरपश्चिमको सुविधा सम्पन्न अस्पताल बनाइने जानकारी दिएका छन् ।

जिल्ला अस्पताल डोटीको आज निरीक्षण भ्रमण गर्दै उनले जिल्ला अस्पतालमा नयाँ उपकरणको विस्तार गरी सुविधा सम्पन्न बनाउने प्रदेश सरकारको तयारी रहेको छ भने ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्ला अस्पताल चिकित्सक दरबन्दी थप गर्ने जानकारी दिए ।

पछिल्लो समयमा स्वास्थ्य संस्थाहरुमा कूल दरबन्दीको १३ प्रतिशत अभाव रहेका छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाका नौ स्थानीय तहका ५९ स्वास्थ्य संस्थामा कूल ३०८ दरबन्दीमध्ये हाल २६७ मात्रै पदपूर्ति रहेको छ ।

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्