Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिउँखेल्न चन्दागिरीमा बरालिदाँ (यात्राका कुरा)

सविन घिमिरे
अनुपम प्रकृतिसँग रम्ने मन कसलाई पो हुन्न र ? यहि रहर म मा पनि थियो । मौसम छिनछिनमै बद्लिरहेको थियो । काठमाण्डौ नजिकैको चन्दागिरीमा सेताम्मे हिउँहरु हाँसिरहेका थिए । त्यहिबीचमा बिहान को ८ बजे म उनिसँग चन्दागिरी पुगेँ । चन्दागिरी अनुपम सौन्दर्यले भरपूर्ण रहेछ ।

थानकोटबाट १४ मिनेटमै केवलकार चढेर डाँडाको टुप्पामा पुगेर पूरै दिन प्राकृतिक एवं मनोरम वातावरणमा रमाउन लालाहित म र उनि केहि छिनको पर्खाइमै केवलकारमा चन्दागिरीको टुप्पोमा पुग्यौ ।

हामि चन्द्रागिरी पुगेको दिनपनि छिनछिनमै मौसम बद्लिएर पहाडमा ठोकिन्न आइपुग्दा मनमा छ्ट्टै आन्नद प्राप्त हुँदो रहेछ । सेतो बादलका बीचबाट केबलकारमार्फत चन्द्रागिरि पुग्दा स्वर्गमै पुगेको आभाष हुने रहेछ । प्रकृतिको बरदान जहाँ कसैले चाहेर पनि कुनै समय र परिस्थिती अनुसार रङ बदल्न सक्दैन । चन्द्रागिरीमा हिउँ फुल्दा मलाई मेरै सगरमाथा हाँसे झै लाग्यो ।

मनभित्र यस्तो लाग्यो हिउँमै टासिउँ, सुम्सुम्याउ, टिपूँ र खाऊँ । हरियाली घाँसे चउर र बनस्पतिका घना बगंैचाकै बीचमा स–साना कटेजले साच्चै नै जीवनमा कहिल्यै नपाएको आनन्द दिलायो । वरिपरिका हरिया पाखा र डाँडाकाँडाका मनमोहक दृश्यले सबैलाई मोहित बनायो । हामीमात्रै होइन त्यहाँ अन्यत्रबाट आउनुभएका पर्यटकहरू उत्साहित देखिन्थे ।

कञ्चन हिउँले मन पनि कञ्चन बनाउने रहेछ । भ्यू टावर, बालउद्यान, भालेश्वर मन्दिर त्यहाँबाट देखिएको हिमश्रृङलाले मनै लोभ्याउने रहेछ । जहाँबाट राजधानीसगरमाथादेखि पश्चिममा काञ्जिरोवा हिमाल एवं अन्य हिमश्रृंखला सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न पाउँदा मन चङ्गा झैँ उडने रहेछ ।

काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्द्रगिरिको उचाइ २५५१ मिटर छ । पर्यटकीय दृष्टिले यस पहाडका प्रमुख तीन विशेषता रहेका छन् । महादेवले आफ्नी प्रिय सतिदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा पुगेको हिमवत खण्डमा उल्लेख छ । काठमाडौं उपत्यकालाई जित्नुअघि राजा पृथ्वीनारायण शाह चन्द्रागिरि डाँडोमा पुगेर त्यहाँ रहेको भालेश्वर मन्दिरमा भाकल गरेको भनाइ चर्चित छ । चन्द्रागिरी पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान हो ।

चन्द्रगिरी पहाड प्राकृतिक सौन्दर्यको अनुपम पहाड हो । घना जङ्गलले ढाकिएको चन्द्रगिरि स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । चिसो र शान्तवातावरणले मन आनन्दित तुल्याउँछ । क्षणक्षणमै बदलिने मौसमले विविधता दिइरहन्छ । चन्द्रागिरि चुचुरोबाट सर्वोच्चशिखर सगरमाथाको अवलोकनगर्न सकिन्छ ।

नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ । करिब १८० डिग्रीको रेन्जमा हिमालश्रृंखलाको अवलोकन, सूर्योदय र सूर्यास्तको अवलोकन लागि चन्द्रागिरी पहाड एउटा उपयुक्त गन्तव्य स्थल हो । सूर्योदय र सूर्यास्तको दृश्य रोमाञ्चक देखिन्छ । काठमाडौं शहरलाई राम्रोसँग अवलोकन गर्न सकिन्छ ।

हिमाल, हरियाली र राजधानी शहरको एकसाथ अवलोकन गर्न पाइने यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स सबैको आकर्षक केन्द्र हो । चन्द्रागिरी पुगेका आन्तरिक पर्यटक हिउँ खेल्न सक्छन । पर्यटकीय गन्तब्य चन्द्रागिरिलाई पर्यटनको महत्वपूर्ण उत्पादन ‘प्रोडक्ट’को रुपमा लिन सकिन्छ ।

(लेखक घिमिरे प्रशिक्षक हुनुहुन्छ । उनको राष्ट्रिय अनुसन्धान विभाग सहायक सूचक चतुर्थ श्रेणिको किताव बजारमा आउँदैछ । )

प्रकाशित मिति: Jan 9, 2020

प्रतिक्रिया दिनुहोस्