Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसीबारे सत्तारुढ दलका नेताको मत बाझिएका बेला अमेरिकाले भन्यो- नेपाललाई महत्व दिन्छौं

अमेरिकी सहयोगसम्बन्धी बहुचर्चित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे सत्तारुढ दलका शीर्ष नेताको मत बाझिएका बेला अमेरिकाले परियोजना नेपालको हितमा रहेको बताएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्नो देशका तर्फबाट नेपालमा हुने कुनै पनि कार्यक्रम जवाफदेही, पारदर्शी तथा पारस्परिक समृद्धिको सिद्धान्तमा आधारित हुने जनाएको हो ।

‘हामीले गर्ने कुनै पनि प्रकारका विकास वा अनुदानका कार्यक्रम सधैँ पारदर्शी र जवाफदेहितालाई महत्व दिन्छौं,’ मंगलबार ट्विट गर्दै नेपालका लागि अमेरिकी राजदूत यान्डी बेरीले लेखेका छन् ।

एसीसी परियोजनाबाट बन्ने विद्युत् प्रशारणलाइन र सबस्टेसन छुने विभिन्न १० जिल्लाका ३० गाउँपालिका, नगरपालिकामा सार्वजनिक कार्यक्रम सम्पन्न भएको दूतावासले प्रस्ट्याएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

प्रकाशित मिति: Jan 8, 2020

प्रतिक्रिया दिनुहोस्