Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानिराखौँ : ब्रा प्रयोगलाई लिएर हाम्रो समाजमा रहेका विभिन्न भ्रमहरु र यथार्थ

ब्रा प्रयोगलाई लिएर हाम्रो समाजमा विभिन्न भ्रमहरु पनि छन् । जस्तो ब्रा लगाउँदा स्तन क्यान्सरको खतरा बढ्छ ।

महिलाहरु स्तनको आकार सानो भएमा फम सहितकको ब्रा लगाउनै पर्ने ठान्छन् ।

महिलाहरुले प्रयोग गर्ने भित्रि पहिरनको नाम हो–ब्रा । सामान्यतया महिलाहरुले आफूलाई आकर्षक देखाउन ब्राको प्रयोग गर्ने गर्छन् ।

महिलाहरुले ब्रा नलगाउँदा आफ्नो स्तन खुकुलो हुने र स्तनको आकार बिग्रने ठान्दछन् ।

तर, ब्रा को प्रयोगले स्तन क्यान्सरको कुनै पनि खतरा नरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

९० को दशकमा गरिएको एक अध्यनले ब्रा प्रयोगले स्तन क्यान्सर बढ्ने देखाएतापनि पछिल्लो समय चिकित्सकहरुले ब्राबाट स्तन क्यान्सरको कुनै खतरा नभएको बताएका छन् ।

तर यो जरुरी छैन । यो महिलामा भर पर्छ कि उनीहरु आफ्ना स्तन कसरी देखाउन चाहन्छन् । यदि तपाइँ स्तन ठूलो देखाउन चाहनु हुन्छ भने फम सहितको ब्रा लगाएपनि हुन्छ तर केही फरक पर्दैन भने ब्रा लगाउनु जरुरी छैन ।

महिलाहरुमा प्याडेड वा पुश अप ब्रा लगाउँदा स्तन ठूलो हुने ठान्छन् । तर बास्तविकता केहो भने पुशअप ब्रा स्तनलाई ठूलो देखाउन मात्र लगाउने हो । यो लगाउँदैमा स्तन बढ्ने होइन् ।

खासगरी महिलाहरु परफेक्ट ब्रा लामो समयसम्म प्रयोग गर्न सकिने ठान्छन् । तर कुनै पनि ब्राको उमेर ६ देखि ९ मिहना सम्म मात्र हो ।

कसिलो ब्रा लगाउनेलाई समस्या
कतिपय महिलाले साइजलाई वास्ता नगरिकन ब्रा खरिद गर्ने गर्छन् । सामान्य लाग्ने यस्तो लापरवाहीले शरीरलाई धेरै असहज गरिरहेको हुन्छ ।

थाहै नपाई यही कारणले गम्भीर किसिमले गर्दन तथा ढाड दुख्ने हुन सक्छ । कतिपय महिला जानीजानी कसिलो ब्रा पहिरिरहेका हुन्छन् । तर, यसले गर्दा काँध, दुख्ने हातको पाता दुख्ने र गर्दनमा पनि दुख्ने गर्छ ।

कसिलो ब्रा लगाउँदा कस्तो समस्या हुन्छ ? ब्राले महिलाको स्तनलाई छातीमै रहन सहयोग गर्छ । तर, धेरै कसिएको ब्रा लगाउँदा यसले छातीमा सहज तरिकाले रगत सञ्चालन हुन दिँदैन ।

यसले टाउकोसँग सम्बन्धित गम्भीर रोग पनि लाग्न सक्छ । लामो समयसम्म कसिएको ब्रा पहिरिँदा काधमा दाद जस्तो गहिरो दाग बन्न सक्छ । जसले गर्दा चिलाउने र पोल्ने हुन्छ ।

लामो समयसम्म लगाउँदा काँधमा निलो डाम बस्ने र त्यसबाट दादको संक्रमण हुन सक्छ । नमिलेको ब्रा लगाउँदा स्तनलाई सहयोग गर्नको सट्टा गर्दनमा दुखाइ बढ्न जान्छ र ढाडमा बढी दबाब पर्छ ।

यसले टाउको र गर्दनमा जाने रगतलाई रोकिदिन्छ । त्यसरी रोकेपछि टाउको दुख्ने समस्या आउँछ । कहिलेकाहीँ नमिलेको ब्रा र अन्डरवेयर लगाउँदा टाउको, छाती, ढाडको हड्डीमा पनि असर पर्छ ।

हड्डीमा असर गर्दा कहिलेकाहीँ श्वासप्रश्वासमा पनि समस्या हुने गरेको पाइन्छ । गलत साइजको ब्रा लगाउँदा पेटलाई पनि खराब गर्छ । कसेर लगाइने ब्राले डायफ्रममा दबाब पर्छ र पाचन प्रणाली सहज नहँदा पेटमा असर गर्दछ ।

कहिलेकाहीँ हात या गर्दनमा हल्का सुइले घोचेकोजस्तो दुखाइ पनि हुनसक्छ । यो समस्या गम्भीर हुनसक्छ । यसको प्रमुख कारण गलत तरिकाले ब्रा लगाउनु नै हो ।

एउटा शोधले यस्तो बताएको छ कि महिलाको छातीसँग जोडिएको दुखाइ प्राय: गरेर कसेर लगाइने ब्रासँग सम्बन्धित छ । यसको कारण अर्को पनि देखिएको छ, जुन बसाइको तरिकामा भर पर्छ । गलत तरिकाले ब्रा लगाएर बस्दा गर्दन तलतिर झुक्छ र धेरै प्रकारका समस्या देखिन्छन् ।

कसिलो ब्रा लगाउने महिला

कसिलो ब्रा लगाउँदा कस्तो समस्या हुन्छ ? 

    • ब्राले महिलाको स्तनलाई छातीमै रहन सहयोग गर्छ । तर, धेरै कसिएको ब्रा लगाउँदा यसले छातीमा सहज तरिकाले रगत सञ्चालन हुन दिँदैन । यसले टाउकोसँग सम्बन्धित गम्भीर रोग पनि लाग्न सक्छ ।
    • लामो समयसम्म कसिएको ब्रा पहिरिँदा काधमा दाद जस्तो गहिरो दाग बन्न सक्छ । जसले गर्दा चिलाउने र पोल्ने हुन्छ । लामो समयसम्म लगाउँदा काँधमा निलो डाम बस्ने र त्यसबाट दादको संक्रमण हुन सक्छ ।
    • नमिलेको ब्रा लगाउँदा स्तनलाई सहयोग गर्नको सट्टा गर्दनमा दुखाइ बढ्न जान्छ र ढाडमा बढी दबाब पर्छ । यसले टाउको र गर्दनमा जाने रगतलाई रोकिदिन्छ । त्यसरी रोकेपछि टाउको दुख्ने समस्या आउँछ ।
    • कहिलेकाहीँ नमिलेको ब्रा र अन्डरवेयर लगाउँदा टाउको, छाती, ढाडको हड्डीमा पनि असर पर्छ । हड्डीमा असर गर्दा कहिलेकाहीँ श्वासप्रश्वासमा पनि समस्या हुने गरेको पाइन्छ ।
    • गलत साइजको ब्रा लगाउँदा पेटलाई पनि खराब गर्छ । कसेर लगाइने ब्राले डायफ्रममा दबाब पर्छ र पाचन प्रणाली सहज नहँदा पेटमा असर गर्दछ ।
    • कहिलेकाहीँ हात या गर्दनमा हल्का सुइले घोचेकोजस्तो दुखाइ पनि हुनसक्छ । यो समस्या गम्भीर हुनसक्छ । यसको प्रमुख कारण गलत तरिकाले ब्रा लगाउनु नै हो ।
    • एउटा शोधले यस्तो बताएको छ कि महिलाको छातीसँग जोडिएको दुखाइ प्राय: गरेर कसेर लगाइने ब्रासँग सम्बन्धित छ ।
    • यसको कारण अर्को पनि देखिएको छ, जुन बसाइको तरिकामा भर पर्छ । गलत तरिकाले ब्रा लगाएर बस्दा गर्दन तलतिर झुक्छ र धेरै प्रकारका समस्या देखिन्छन् ।

यस्ता छन् ब्रा र पेन्टी खोलेर सुत्नुका फाइदा
महिलाहरुको पोशाक मध्य भित्री बस्त्र पनि अनिवार्य छ । त्यसै अनुसार उनिहरुले बित्री बस्त्र लगाउने गर्दछन् । बस्त्र लगाउनाले बिभिन्न समस्याहरु समाधान गर्दछन् ।

तर त्यही बस्त्र सुत्ने बेला लगाउदा स्वास्थ्य समस्या आउन पनि सक्छ । दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ । भित्री वस्त्र खोलेर सुत्नुका केही फाइदा यस्ता छन्ः

रक्तसञ्चार सुचारु हुन्छ 

ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

दाग बस्दैन

ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भवती अथवा स्तनपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।

गहिरो निद्रा पर्छ

ब्रा र पेन्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।

आराम हुन्छ

ब्रा र पेन्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ ।

स्तनसम्बन्धी रोग लाग्दैन

टाइट ब्रा लगाएर सुत्ने महिलामा स्तन सुनिने, स्तनमा पानी जम्नेजस्ता समस्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो समस्या देखिँदैन ।

क्यान्सरको जोखिम कम गर्छ

कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर लाग्ने जोखिम बढी हुन्छ । कँसिलो ब्राले स्तन वरिपरिको भागमा रक्तसञ्चार सुचारु हुन दिँदैन । जसले गर्दा क्यान्सरको जोखिम बढ्छ ।

पसिना आउँदैन

सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्