Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कञ्चनपुरमा ३ वर्षीया बालिकाको बलात्कारपछि वीभत्स हत्या, अभियुक्त पक्राउ

महेन्द्रनगर : कञ्चनपुरमा तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको छ ।

भीमदत्त नगरपालिका-१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको हो । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले यो आततायी घटना गराएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परेको र घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए ।

मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ । ‘पक्राउ परेका चुनाराले अत्यधिक मदिरा सेवन गरेका छन्,’ प्रहरी प्रवक्ता चन्दले भने, ‘बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा निजले बालिकालाई बलात्कारपछि हत्या गरेको वयान दिएका छन् ।

कञ्चनपुरकै बालिका निर्मला पन्तको पनि डेढ वर्षअघि बलात्कारपछि हत्या भएको थियो ।

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्