Logo
१५ बैशाख २०८१, शनिबार
(December 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्यास्ट्रिकको समस्या हुनेले भुलेर पनि नखानुस् यी खानेकुरा, अल्सर र क्यान्सर हुनसक्छ

काठमाडौं :“भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ ।

यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ ढ्याउ आइरहने लगायत समस्या देखिन्छन् ।

ग्यास्ट्रिकको कारण पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

ग्यास्ट्रिकको समस्या हुनेहरुले भुलेर पनि यी खानेकुरा नखानुहोला

एसिडिक खानेकुरा : कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पुर्याउने चिकित्सक बताउँछन् ।

दूध र दूधजन्य पदार्थ : ग्यास्ट्रिकको समस्या भएकाले दूध र दूधजन्य पदार्थ प्रयोग नगर्दा राम्रो हुन्छ । तर, दही भने फाइदाजनक हुन्छ ।

मदिरा : नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्रिकको असर झन् बढेर जान्छ ।

चिया कफी : ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ ।अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन-टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

मसलेदार खानेकुरा : ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

प्रशोधित खानेकुरा : नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ चिसो पेय पदार्थ (इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।

नियमित र स्वस्थ खानेकुरा तथा सहि किसिमको आहारव्यहारका कारण तपाईको शरिरमा रोग लाग्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । झिलीमिली कागजमा बेरीएका जंक फूडले हड्डी नै खियाउने जस्ता समस्या निम्त्याउँछ ।

ग्यास्ट्रिकबाट बच्नका लागि ग्रीन टीको अवधारणा आएको छ । पुदिनायुक्त हर्बल चिया पिउँदा यसले ग्यास्ट्रिक कम गर्दै लैजान्छ । र, बिहान उठ्नासाथ पानी पिउँदा पनि केही मात्रामा ग्यास्ट्रिकबाट बचाउन सक्छ ।

यस्तै समयमा खाना  खाने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ । यदि ग्यास्ट्रिकबाट बच्न चाहनुहुन्छ भने मसला, अचार र तेल भएको खाने कुरा पनि कम खान डाक्टरले सल्लाह दिँदै आएका छन् ।

प्रकाशित मिति: Dec 29, 2019

प्रतिक्रिया दिनुहोस्