Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक्कासी पानी परेपछि विद्युत वितरणमा समस्या आउछ : कुलमान घिसिङ

काठमाडौं : केही दिनयता ललितपुरका र काठमाडौंका केही स्थानहरुमा शनिवारदेखि विद्युत जाने आउने भइरहेको छ ।

ग्राहकलाई विद्युत आपूर्तिका लागि विद्युत परिणाममा कुनै समस्या नभएपनि प्राविधिक समस्याका कारण बिद्युत आपूर्तिमा समस्या आएको हुन सक्ने विद्युत प्राधिकरणले जनाएको छ ।

हिजो र अस्ति पानी परेका कारण केही प्राविधिक समस्या आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
उनले भने-‘हिजो र अस्ति पानी परेको थियो ।

लामो समय पानी नपरेर एक्कासी पानी परेपछि विद्युत वितरणमा समस्या आउछ । विद्युत प्रर्याप्त मात्रामा छ केही ठाउँमा प्राविधिक समस्या आएको हुनसक्छ । त्यसलाई हामीले हेरिरहेका छौँ ।’

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्