Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२५ औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियानको घोषणा गर्दै कामपा

काठमाडौं : काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियानको घोषणा गर्ने भएको छ ।

महानगर स्थापनाको २५ वर्ष पुगेको अवशरमा महानगरले अभियानको घोषणा गर्ने भएको हो । मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समुन्वयमा अभियानको घोषणा गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए ।

एक छाक खानाकै लागि सडकमा बसिरहेकाहरुलाई उद्धार गरि सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गरिने उनले बताए । त्यसैगरि महानगरपालिकाको वडा नम्बर ६ मा स्थापना गरिएको दमकल भवनको उद्घाटन समेत गरिने उनले बताए । महानगरको वडा नम्बर ६ बौद्ध रामाहिटीमा निर्माण भएको भवनको शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तीनवटासम्म दमकल राख्ने मिल्ने भवनसँगै तालिम केन्द्रको पनि व्यवस्था रहेको उनले बताए । रामाहिटीमा दमकल भवन भएपछि पूर्वक्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि कम समयमै जनशक्ति त्यहाँ पुग्ने उनले बताए ।

२०५२ साल मंसिर २९ गते तत्कालिन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेको अवशरमा हरेक वर्ष महानगर दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति: Dec 13, 2019

प्रतिक्रिया दिनुहोस्