Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तुमा कार दुर्घटना, ग्लोबल आईएमई बैङ्कका शाखा प्रमुखको मृत्यु

सांकेतिक तस्विर

बुटवल : कपिलवस्तुमा आज बिहान कार दुर्घटना परि एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ को बोडगाउँ नजिकै बा ८ च ६३९० नम्बरको कार दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरका अन्दाजी २९ वर्षीय सुरेश पाण्डेको मृत्यु भएको छ ।

पाण्डे ग्लोबल आईएमई बैङ्क बनगाइका शाखा प्रमुख रहेको खुलेको छ । पाण्डेले सो कार आफै चलाएका थिए । घाइतेहरु मध्ये दुई जनाको बुटवलमा उपचार भैरहेको छ ।

प्रकाशित मिति: Dec 9, 2019

प्रतिक्रिया दिनुहोस्