Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा सुरक्षा ब्यबस्था फितलो : बजारबाटै माेटरसाइकल चोरी

दुहबी बजारबाटै माेटरसाइकल चोरी, सुरक्षा ब्यबस्था फितलो भएको स्थानीय ब्यापारीहरुको गुनासो….
सुनसरीको दुहबी नगरपालिकाकाे मुख्य बजारबाट दिन दहाडै मोटरसाइकल चोरी भएको छ। हरिनगर गाउँपालिका वडा नं. १ भुटाहाका डाक्टर मनोज ठाकुरको माेटरसाईकल चाेरी भएको हो । दुहबीकाे मुख्य बजारमै रहेको जिवन ज्योति स्वास्थय सेवा प्रा.लिमा कार्यरत रहेको मनोज ठाकुरको को २५ प ८०६० नम्बरको सुपर एसपेलेनडर बेलुकी ४ बजेकाे समयमा जिवन ज्योति स्वास्थय सेवा प्रा.लिकाे अगाडिबाट चोरी भएको हाे। ठाकुरअनुसार यो घटनाको बारेमा ईलाका प्रहरी कार्यालय दुहबीमा निबेदन दिएको छन । बजार क्षेत्रमा दैनिकजसो साइकल लगायतका सामाग्री चोरी हुने गरेको स्थानीय रोहित सरदारको गुनासो रहेको छ ।
सरदारले गुनासो पोखे, ‘प्रहरीले हाईवे क्षेत्रमा मात्र गस्ती गर्ने गरेको छ, भित्री सडक खण्डमा प्रहरी पुग्दैन ।’ बजार क्षेत्रमा समेत प्रहरीले सुरक्षा दिन न सकेको भन्दै उनले अहिले सम्म यहाँ भएका २ मोटरसाइकल चोरीका घटनामा प्रहरीले कसैलाई पनि पक्राउ गर्न नसकेको बताए । केहि दिन अगाडि मात्र दुहबी ३ नं. वडा अध्यक्षकाे आफ्नै घरमा राखेको को १ ब १४०३ नम्बर प्लेटको सरकारी मोटरसाइकल समेत चोरी भएको थियोे । सुरक्षा ब्यबस्था फितलो भएको भन्दै स्थानीय ब्यापारीहरुले गुनासो गरेका छन् । दुहबीमा कुनै सरोकारवालाहरुले ध्यान न दिएकोले सुरक्षाको दृस्टिकोणले दुहबीमा स्थानीय स्तरबाटै पैसा उठाएर सिसिटिभि क्यामेरा जडान गर्नुपर्ने स्थानीय ब्यापारीहरु बताउँछन् ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्