Logo
१५ बैशाख २०८१, शनिबार
(December 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज नेपाल-भारतबीच भिडन्त : यी हुन् SAG मा  आज हुने खेलहरु 

विभिन्न देशहरुको सहभागीता रहेको नेपालमा जारी दक्षिण एसियाली खेलकुद SAG अन्तर्गत आज (शनिबार) पनि विभिन्न खेल हुँदै छन्।

आज एथ्लेटिक्सका ९ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुँदै छ। महिला र पुरुष म्याराथन बिहान ७ बजे नै काठमाडौंस्थित दशरथ रंगशालाबाट सुरू भएको छ।

यी हुन् शनिबार हुने खेल : 
महिला फुटबल
माल्दिभ्स र श्रीलंका : बिहान १० बजे
नेपाल र भारत : दिउँसो २ बजे
स्थान : पोखरा रंगशाला

महिला क्रिकेट  (तृतीय स्थान)
नेपाल र माल्दिभ्स
बिहान ११ बजेदेखि
स्थान : पोखरा क्रिकेट मैदान, पोखरा रंगशाला

बिच भलिबल  (महिला-पुरुष, क्वार्टरफाइनल)
खेल समय : बिहान ९ देखि ११ बजेसम्म, फेरि दिउँसो १ बजेदेखि ४ बजेसम्म
स्थान : बाराही घाट, लेकसाइड

भारोत्तोलन  (महिला-पुरुष)
खेल समय : बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म
स्थान : एसआर केसी बेनक्यूट, माटेपानी, पोखरा-१२

आर्चरी (महिला-पुरुष, एलिमिनेसन राउन्ड)
खेल समय : बिहान ८ बजेदेखि ४ बजेसम्म
स्थान : आर्चरी खेल मैदान, पोखरा रंगशाला

ह्यान्डबल (महिला-पुरुष, सेमिफाइनल)
भारत र बंगलादेश  महिला  : बिहान ९ बजे
नेपाल र पाकिस्तान महिला : बिहान ११ बजे
भारत र श्रीलंका पुरुष : दिउँसो १ः३० बजे
पाकिस्तान र बंगलादेश पुरुष : दिउँसो ४ बजे
स्थान : पोखरा रंगशाला मल्टिपर्पोज कभर्डहल

प्रकाशित मिति: Dec 7, 2019

प्रतिक्रिया दिनुहोस्