Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रमण वर्षका लागि चिनियाँ अभिनेत्री स्वी छिङ आइपुगिन् नेपाल

फाईल फोटो

चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ शुक्रबार नेपाल आएकी छन्। नेपाल भ्रमण वर्ष २०२० का लागि छिङ  नेपाल आएकी हुन् । ५० वर्षीया स्वी छिङ चीनकी पख्र्यात सेलिब्रेटी हुन्।

गत अक्टूबरमा नेपाल भ्रमणमा रहेकै बेला सरकारले उनलाइ सद्भावना दूत घोषणा गरेको थियो। नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टका चाइना टूर प्रमोसन कमिटीका संयोजक सुदर्शन नेपालले आफू उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा (शुक्रबार अपरान्ह) आइपुगेको जानकारी दिए।

उनका अनुसार अभिनेत्री स्वी छिङ बर्दिया, लुम्बिनी र भक्तपुर घुम्ने कार्यक्रम छ। नौ जना सहितको टोलिमा आएकी उनले नेपालको प्रवद्र्धन गर्ने सामाग्री निर्माण गरी प्रचारप्रसार गर्ने छिन। उनको टोली डिसेम्बर १२ मा फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: Dec 6, 2019

प्रतिक्रिया दिनुहोस्