Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो पटक म्याद थप गर्न एम्बुलेन्समा हालेर सिद्धबाबालाई अदालत लगियो

काठमाडौँ : बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्ण गिरीमाथि शुक्रबार प्रहरीले दोस्रो पटक म्याद थप गर्दैछ । विराटनगरको विराट नर्सिङ होममा अस्पतालमा उपचाररत गिरीलाई एम्बुलेन्समार्फत जिल्ला अदालत सुनसरी लगिएको छ ।

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आईसीयूमा उपचाररत गिरीलाई अस्पताल को१च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर सुनसरीतर्फ लगिएको हो । आईसीयूबाट गिरीलाई ह्वीलचेयरमा ल्याएर जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माको टोलीले एम्बुलेन्समा राखेको थियो ।

यसअघि मंसिर १६ गते जिल्ला अदालत सुनसरीले पहिलोपटक चार दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो । पहिलो म्यादको समय सकिएपछि थप अनुसन्धानको लागि दोस्रोपटक म्याद थप गर्न लागिएको हो ।

गत कात्तिक ४ गते गिरीमाथि आफ्नै अनुयायीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीसँगै उपचाररत गिरीलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको हो ।

प्रकाशित मिति: Dec 6, 2019

प्रतिक्रिया दिनुहोस्