Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरानको बसपार्क र विमानस्थल निर्माणको काम तत्काल अगाडी बढाउँछु : मेयर राई

धरान उपमहानगरपालिकाका नवनिर्वा्चित मेय तिलक राईले बुधबार औपचारिक जिम्मेवारी लिएका छन् ।

गत शनिबार सम्पन्न उपमहानगरपालिकाको उपनिर्वाचनमा निवाचित भएका राईले बुधबार उपमहानगरपालिकामा औपचारिक पद ग्रहण गरेका हुन् ।

सोही क्रममा पत्रकारसँग कुरा गर्दै मेयर राईले भ्रष्टचारमुक्त गरि समृद्ध धरान निर्माणमा आफू लागिपर्ने प्रतिवद्धता जनाउँदै उनले चुनावी प्रचारप्रसारको समयमा बनाइएका चुनावी एजेण्डालाई अक्षरस पालना गर्ने बताए ।

‘चुनावी एजेन्डका वस्तुमाथि खरो रुपले उत्रिन्छु । तर त्यसमा स्थानीयको दरो सहयोग रहनुपर्छ,’ उनले भने । उनले धरानको बसपार्क निर्माण, विमानस्थल निर्माणको काम तत्काल अगाडी बढाउने बताए ।

उनले सर्दु जलाधारको संरक्षण गरि अधुँरो रहेको खानेपानी आयोजनाको चाँडै सम्पन्न गरि धरानवासीलाई प्रर्याप्त खानेपानी उपलब्ध गराउने बताए ।

मेयर राईले धरानमा यस अगाडी गरिएका राम्रा कामलाई निरन्तरता दिँदै नराम्रा कामलाई सुधार गर्दै अगाडी बढाइने बताए । उनले यस अगाडिका जनप्रतिनिधिले वृद्धि गरेको कर लाई घटाउने बताए ।

प्रकाशित मिति: Dec 5, 2019

प्रतिक्रिया दिनुहोस्