Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्की क्षेत्र नं-२ मा १ सय पचासभन्दा बढी गाडी ट्राफिक प्रहरीकाे नियन्त्रणमा

कास्की क्षेत्र नं-२ मा जारी उपनिर्वाचनको क्रममा जिल्ला प्रशासनबाट अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी सवारी साधनलाई आज जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको छ ।

अनुमति नलिएका गाडी समातिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएका गाडीमध्ये अधिकांश मोटरसाकल रहेको बताइएको छ ।

आकस्मिक सेवाका एम्बुलेन्स, दमकल, खानेपानी, विद्युत, खानेपानीका ट्याङ्कर र अत्यावश्यक सेवाका साथै अनुमति लिएका सवारी साधन भने सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति: Nov 30, 2019

प्रतिक्रिया दिनुहोस्