Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा चोरहरुको बिगबिगि, सिसिटिभी क्यामेराको आवश्यक्ता

प्रदेश एक स्थित सुनसरीको  दुहबीमा चोरहरुको बिगबिगि हुन थालेको छ ।

दुहबी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष माधब भण्डारीको को १ ब १४०३ नम्बरको एफ जेड सरकारी मोटरसाइकल गए राती घरबाटै चोरि भएको छ ।

पछिल्लो समयमा दुहबीमा सिटि सफारीका ब्याट्री तथा साइकल र घरबाट विभिन्न समानहरु चोरी भएको जन गुनासो बढ्दो छ ।

ईलाका प्रहरी कार्यालय दुहबीको गस्ती राती-राती राजमार्ग क्षेत्रमा मात्र गस्ती गरेको कारण भित्री सडक खण्डमा पुग्न न सकेको कारण यस्तो भएको हुन सक्ने स्थानीयहरुको आरोप छ ।

प्रहरीको गस्ती राती-राती सुत्ने गरेको उनीहरुको आरोप छ । दुहबीमा सिसिटिभी क्यामेरा न भएकोले सुरक्षा ब्यबस्था फितलो भएको कारण ठुला-ठुला अपराधिक घटना हुने गरेको जानकारहरु बताउछन् ।

प्रकाशित मिति: Nov 19, 2019

प्रतिक्रिया दिनुहोस्