Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री प्रियँका कार्कीले गरिन् कटारीमा यामाहा शोरुमको उद्घाटन

नेपालमा सर्वाधिक बिक्री हुने बाइक यामाहाले शहरमा बढ्दै गरेको यामाहा बाइकहरुको अत्याधिक मागलाई पूरा गर्ने उद्देश्यका साथ यही कार्तिक २७ गतेबाट कटारीमा आफ्नो एक नयाँ शोरुम संचालनमा ल्याएको छ ।

शोरुमको उद्घाटन प्रमुख अतिथि एवं चर्चित अभिनेत्री प्रियँका कार्कीबाट भएको थियो भने साथमा अन्य चिरपरिचित अतिथिहरु जनकपुर उप-महानगरपालिकाकी उप-मेयर भीम कुमारी पन्त, बजाज शोरुम कटारीका प्रोप्राइटर राजु गुप्ता र चेम्बर अफ कमर्सका प्रतिनिधि पुस्कर खड्काको पनि उपस्थिति रहेको थियो ।

नेपालमा यामाहा बाइकहरु अत्यन्त विश्वसनीय बाइक मानिन्छन् । यसले उच्च कार्यक्षमता, अधिक माइलेज, सुधारिएको पिक–अप, सजिलो मर्मतसम्भार र धेरै समय टिक्ने ब्याट्री सहितको फ्युल इन्जेक्सन (एफआइ) र ए।बि।एस टेक्नोलोजी जस्तो अत्याधुनिक नवीनतम इन्जिन प्रविधि प्रस्तुत गरेकोले यो कम्पनी भरपर्दो कम्पनी बन्न पुगेको छ ।

सन्जीव शाहको स्वामित्व रहेको यो नयाँ शोरुम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडलहरु उपलब्ध हुनेछन्, जसले गर्दा ग्राहकहरुले बाइक छनौट गर्ने धेरै विकल्पहरु पाउनेछन् ।

ग्राहकहरुलाई यामाहा टू ह्वीलर्सको आधिकारिक वितरककहाँबाट यामाहा बाइक खरीद गर्न सहज होस् भन्ने उद्देश्यका साथ नयाँ शोरुमको संचालन गरिएको छ । उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नका लागि एसएस अटो सेन्टर डिलरसिपबाट ३ स (सेल्स, सर्भिस र स्पेयर पार्टस्का)  साथ साथै फाइन्यानस र एक्स्चेन्ज सुविधाको समेत व्यवस्था गरेको छ ।

प्रकाशित मिति: Nov 15, 2019

प्रतिक्रिया दिनुहोस्