Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विस्तारको ठेक्का स्मार्टबाट खोसेर टेलिकमलाई

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमले जिम्मा पाएको छ ।

यसअघि दूरसञ्चार प्राधिरकणले सम्झौताको २ वर्ष्भित्र काम सकाउने गरी स्मार्ट टेलिकमलाई ३ अर्ब ९४ लाख रुपैयाँ परियोजना जिम्मा लगाएको थियो । तर, काम निकै सुस्त भएपछि ठेक्का नै खोसिएको थियो ।

प्रधिरकणले स्मार्ट टेलिकमबाट हुन नसकेको काम नेपाल टेलिकमलाई जिम्मा लगाएको हो । मन्त्रिपरिषद बैठकले टेलिकममार्फत परियोजना अघि बढाउन स्वीकृति दिएपछि यो निर्णय भएको टेलिकमका प्रवक्ता मीनप्रसाद आर्यालले बताए ।

‘अब एक हप्ताभित्र टेलिकमसँग प्रक्रिया अघि बढाउनका लागि सम्झौता हुन्छ,’ उनले भने, ‘नेपाल टेलिकमले रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म फाइबर बिछ्याउने काम गर्नेछ ।’
अब टेलिकमले नयाँ प्रक्रियाबाट सो क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउन सुरु गर्नेछ । यो परियोजनामार्फत करिब २ हजार ५ सय किलोमिटर क्षेत्रमा फाइबर बिछ्याइनेछ ।
प्रदेश नम्बर ५ का बाँके, बर्दिया, ६ र ७ का सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डढेलधुरा, बैतडी, दार्चुला गरी १९ जिल्लामा फाइबर बिछ्याइनेछ ।

प्रकाशित मिति: Nov 14, 2019

प्रतिक्रिया दिनुहोस्