Logo
१५ बैशाख २०८१, शनिबार
(November 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

BJP ले सरकार बनाउन नसकेपछि महाराष्ट्रमा राष्ट्रपति शासन, शिवसेना पुग्यो सर्वोच्च

भारतको महाराष्ट्र राज्यमा सरकार गठनको विषयमा अन्यौल देखिएपछि नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले महाराष्ट्रमा राष्ट्रपति शासन लगाउने निर्णय गरेको छ।

केन्द्र सरकारले महाराष्ट्रमा राष्ट्रपति शासन लगाउनको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीले पनि राष्ट्रपति शासनका लागि सिफारिस पठाएका छन्।

यसैबीच केन्द्र सरकारकाे निर्णयविरुद्ध शिवसेना सर्वोच्च पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

महाराष्ट्रमा विधानसभा निर्वाचनकाे परिणाम सार्वजनिक भएपछि राज्यपाल कोश्यारीले सबैभन्दा पहिला सबैभन्दा ठूलाे दल भाजपालाई सरकार गठनकाे लागि समय दिएका थिए।

यद्यपी भाजपाले सरकार गठन गर्न नसकेपछि राज्यपालद्वारा दाेस्राे ठूला दल शिवसेनालाई सरकार गठनका लागि समय उपलब्ध गराइएको थियो।

शिवसेनाले सरकार गठनका लागि कांग्रेस लगायतका दलसँग छलफल गरेपनि सरकार गठन हुन नसकेपछि केन्द्र सरकार महाराष्ट्रमा राष्ट्रपति शासन लागू गर्ने निष्कर्षमा पुगेको बताइएकाे छ।

प्रकाशित मिति: Nov 12, 2019

प्रतिक्रिया दिनुहोस्