Logo
१३ बैशाख २०८१, बिहीबार
(November 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढुक्क हुनुस् अतिक्रमित नेपाली भूमि फिर्ता हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्। परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा र नागरिकको सुरक्षा गर्ने प्रमुख दायित्व पूरा गर्न सरकार सधैं तत्पर रहेको पनि स्पष्ट पारे।

सोमबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले नेपाली भूमि कसैलाई पनि मिच्न नदिने गरी समस्या समाधान गर्न सरकार लागि परेको पनि बताए।

मन्त्री ज्ञवालीले भारतले हालै आफ्नो राजनीतिक नक्सामा समावेश गरेको कालापानीलगायतका नेपाली भूमि नेपालको हो भन्ने प्रमाण सरकारसँग रहेकाले सो भूमि गुमाउनु पर्छ कि भनेर चिन्ता लिईरहन नपर्ने पनि पटकपटक दोहोर्‍याए।

बैठकमा बोल्दै नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतसँगको सीमा समस्या समाधानका लागि तथ्य र प्रमाणसहित प्रस्तुत हुन सरकारको गम्भिर ध्यानाकर्षण गराए।

समितिका सदस्य समेत रहेका उनले दुई मुलुकबीचको सीमा समस्या समाधानको कामलाई अघि बढाउँदा सरकारले डुवान समस्या समाधानमा पनि ख्याल गर्नुपर्ने आवश्यक्ता औंल्याए।

बैठकमा समितिका सदस्यहरुले नेपाली भूमि भारतबाट फिर्ता गराउन राजनीतिक तहमा संवेदनशील भएर वार्तामा बस्न पनि सरकारलाई सचेत गराएका थिए।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सिंहदरबारमा सोमबार बसेको बैठकमा छिमेकि मुलुक भारतले लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा नेपाली भूभाग आफनो नक्सामा पारिएकोमा सम्बन्धमा मन्तव्य राख्नुहुँदै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली ।

प्रकाशित मिति: Nov 11, 2019

प्रतिक्रिया दिनुहोस्