Logo
१५ बैशाख २०८१, शनिबार
(November 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको जन्म जयन्तीमा नेपालका हिन्दु पनि सहभागी (फोटोफिचर)

इस्लामिक धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९४ औं जन्मोत्सव नेपालमा पनि धुमधामका साथ मनाइएको छ। प्रदेश ५ स्थित रुपन्देहीको भैरहवामा २०४७ सालदेखि मदरसा अहले सुन्नत कठौतियाले आयोजना गर्दै आएको जन्मोत्सव यसवर्ष पनि नगर परिक्रमासहित विविध कार्यक्रम गरि मनाइएको छ। र्‍यालीमा मुस्लिमलाई साथ दिँदै हिन्दु समुदायका व्यक्ति पनि सामेल थिए।

मुस्लिम धर्मको प्रवर्तक मोहम्मदको जन्मको अवसरमा आजकै दिन बिश्वभरीका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी मनाइने गरिन्छ। सरकारले सार्वजनिक बिदा नदिँदा मुस्लिम समुदायका यस्तो महत्वपूर्ण दिन पनि विद्यालय, कार्यालय र परीक्षामा सामेल भैरहेकाले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा नदिएकोमा गुनासो गरेका थिए।

भैरहवा र आसपास रहेका विभिन्न मस्जिद, मदरसा मुस्लिम संघसंगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरुकोे आयोजनामा भव्य र्‍यालीसहित धार्मिक सभा, जीवनी र विश्वभर फैलाएको धार्मिक सन्देशको बारेमा चर्चा गरिएको छ।

भैरहवासहित दोगहरा, गल्लामण्डी, पक्लिहवा, खजहना, खजुरिया, कठौतिया, उदयपुर, गोलिगढ, चैनपुर, बसन्तपुर, बेनिपुरका मदरसा र मुस्लिम समुदायको हजारौंको सहभागितामा धार्मिक झण्डा, प्लेकार्ड र इस्लामिक सन्देशका साथ नगर परिक्रमा गरी सामूहिक रुपमा जीवनी र सन्देशको चर्चा गरेका थिए।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिनाको १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको थियो। त्यसै दिनको खुसियालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि(रबिउलऔवल)को रुपमा मनाउने गर्दछन्। मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्दै आजको दिनलाई मुस्लिम समुदायले महत्वपूर्ण दिनको रुपमा लिने गर्दछन्।

फोटोफिचर :

????????????????????????????????????
????????????????????????????????????

प्रकाशित मिति: Nov 10, 2019

प्रतिक्रिया दिनुहोस्