Logo
१५ बैशाख २०८१, शनिबार
(October 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सरकारी कार्यालयहरुले आफू खुशी विज्ञापन गर्न नपाउने

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने विधेयक प्रमाणीकरण भएको छ। संघीय संसदका दुवै सदनबाट पारित भएर राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमाणित गरी पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमाणीकरण गरेकी हुन्।

विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनको रुप लिएसँगै सरकारी कार्यालयहरुले आफू खुशी विज्ञापन गर्न नपाउने भएका छन्। विधेयकमा आफुखुसी विज्ञापन गर्ने चलनमा रोक लगाउँदै एकद्वारा प्रणालीबाट मात्रै विज्ञापन गर्न पाउने व्यवस्था गरिएको छ।

‘नेपाल सरकार वा नेपाल सरकारका निकायले लोक कल्याणकारी वा अन्य विज्ञापन वा सूचना प्रकाशन प्रशारण गर्दा वोर्ड मार्फत गर्नु पर्नेछ, त्यस्तो विज्ञापनमार्फतको रकम वोर्ड मार्फत खर्च गर्नुपर्ने छ,’ विधेयकमा भनिएको छ।

यस्तै विधेयक प्रमाणीकरण भएसँगै विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले अबको एक वर्षभित्र विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ।

अब सार्वजनिक स्थलमा होर्डिङ बोर्ड राख्न चाहनेले स्थानीय तहबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्नेछ।

प्रकाशित मिति: Oct 25, 2019

प्रतिक्रिया दिनुहोस्