Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा

काठमाडौं :  गृह मन्त्रालयले भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले भाइटीकाको भोलिपल्ट अर्थात् १३ कात्तिकमा पनि सार्वजनिक बिदा दिने भएको जानकारी दिएको हो ।

सरकारी क्यालेण्डरमा १३ कात्तिकमा बिदा उल्लेख नभएकाले मन्त्रिपरिषदबाटै निर्णय गराएर बिदाको घोषणा गरिएको मन्त्रालयले जनाएको छ । नेवारी समुदायको भाइटीका १३ कात्तिकमा पनि पर्ने भएकाले त्यस दिन बिदा दिन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३ कात्तिकमा एउटा टोलीले ज्ञापनपत्र बुझाएको थियो ।

उक्त टोलीलाई ओलीले मन्त्रिपरिषद्बाट निर्णय गराएर बिदा दिन आफू सकारात्मक बनेको बताएका थिए । पञ्चाङ्ग निर्णायक समितिले तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिन सरकारलाई सुझाएको थियो । सोहीअनुसार क्यालेन्डर तयार गरिएको थियो ।

प्रकाशित मिति: Oct 24, 2019

प्रतिक्रिया दिनुहोस्