Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसपालिको तिहारमा लक्ष्मीमातालाई खुशी पार्न चढाउनुहोस् यी ५ चीज

फूलैफूलको पर्व अर्थात् धनकी देवीलाई पुज्ने हिन्दूहरुको महान पर्व तिहार आउन अब केही दिन मात्र बाँकी रहेको छ । पर्व नजिकिएसँगै बजारहरुमा मानिसहरुको चहलपहल पनि बढेको छ । मानिसहरुको भ्याइनभ्याइ भएको छ ।

यस पटक लक्ष्मी पूजा कार्तिक १० गते आइतबार परेको छ । यस दिन लक्ष्मीपूजाको विधिविधानका अनुसार पूजा गर्नाले घरको गरिबी, दरिद्री, चिन्ता सब हट्न सक्छ ।

माता लक्ष्मीलाई खुशी पार्न जान्नुहोस् कुन-कुन चीज बिशेष रूपमा चढाउनु पर्छ –

१. लक्ष्मी पूजाको दिन बिहान चाडै उठ्नुहोस् । उठिसकेपछि लक्ष्मी मन्दिर गएर राम्रो कही वस्त्र र गुलाबको फुल चढाउनुहोस् ।

२. लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साझ लक्ष्मीपुजा गर्ने क्रममा चढाउनुहोस् ।

३. लक्ष्मी पूजाको रात लक्ष्मी पुजा गर्दा नौ गोमती चक्र राखनुहोस् । पूजा सकिएपछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस् ।

४. पूजाको साँझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस् । विशेष पूजामा यो उपाय गर्नुहोस् ।

५. यस रात ५ साबुत सुपाडी ,कालो बेसार, ५ पहेलो कौडी पनि राख्नुहोस् । पूजा पछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस् ।

यी तरिका अपनाउनाले धनकी देवी लक्ष्मीको तपाईको घरमा आगमन हुनेछ । जसपश्चात तपाईको घरमा सुख, शान्ति र धन ऐश्वर्यको वर्षात् हुनेछ ।

प्रकाशित मिति: Oct 21, 2019

प्रतिक्रिया दिनुहोस्