Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफू बिरामी भएको समाचार आएपछि यसरी भड्किए अमिताभ

अमिताभ बच्चनले आफू बिरामी भएको खबर बाहिरिएपछि उक्त समाचारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । केहीसमय अगाडि सञ्चार माध्यमहरुमा अमिताभ बच्चन अस्पताल भर्ना भएको समाचार बाहिरिएपछि अमिताभले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले सञ्चार माध्यमहरुमा आएको समाचारको विषयमा आफ्नो धारणा व्यक्त गर्दै बिरामी हुनु र उपचार गर्नु व्यक्तिगत अधिकार भएको बताएका हुन् । उनले यस्तो विषयमा सञ्चारमाध्यमले व्यक्तिगत रुपमा शोषण गरेको आरोप समेत लगाएका छन् । उनले अस्पतालमा भर्ना भएको समाचारलाई शोषण र सामाजिक रुपमा अवैध भएको समेत उल्लेख गरेका छन् ।

अमिताभले लेखेका छन्, ‘कृपया, पेसागत नियम कानुनलाई नतोड्नुहोस् । बिरामी हुनु र उपचार गर्नु गोपनीयताको हक हो । यस्ता कुरालाई कारोबारको रुपमा प्रयोग गर्नु सामाजिक रुपमा गलत हो । सम्मान गर्नुस् र कुरालाई सम्झिनुस् । दुनियाँमा सबैकुरा बेच्नको लागि होइन ।’

उनको शिघ्र स्वास्थ लाभको कामना गर्ने आफ्ना सम्पूर्ण शुभ चिन्तकप्रति आभार व्यक्त गरेका छन् ।

केहीसमय अगाडि सञ्चार माध्यमहरुमा अमिताभ बच्चन अस्पताल भर्ना भएको दाबी गर्दै समाचारहरु बाहिरिएको थियो । उनले आफ्नो ब्लगमा उक्त समाचारको खण्डन गरेका हुन् ।

प्रकाशित मिति: Oct 20, 2019

प्रतिक्रिया दिनुहोस्