Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीको एक डाक्टरको लापरबाहीले ज्यान गएको दाबी

दुहबी / दुहबी स्थित सुभद्रा मिल छेउमा बस्ने व्यवसायी दिलिप कुमार ढुङ्गेलको दुहबीको एक डाक्टरको लापरबाहीले उपचारको क्रममा निधन भएको खबर प्राप्त भएको छ ।

ढुङ्गेललाई डेङगु रोग लाग्दा समेत डेङगु रोगको परिक्षण न गरि टाइफाइड परिक्षण गरेर टाइफाइडको एन्टिबायोटिक प्रयोग गरेकै कारण मृत्यु भएको स्रोतको दाबी छ ।

उपचार को क्रममा सो डाक्टरले दिएको पुर्जा सहित डाक्टरको नाम र दुहबीको सो स्वास्थ्य संस्थाको विवरण पारिबारिक स्रोतले उपलब्ध न गराउने दुहबी काठमाडौ समाजको फेसबुक पेज मा भनिएको छ् ।  ढुङ्गेललाई डेङगु भएपछि निको न हुँदा बिराटनगर पठाइएको र तेहा पनि ठिक न हुँदा उपचारको क्रममा काठमाडौमा मृत्यु भएकोले दुहबी काठमाडौ समाजले बिज्ञपति समेत जारी गरेको छ ।

थप विवरण दुहबी काठमाडौ समाजको फेसबुक पेजबाट जस्ताको तेस्तै :
स्व. दिलिप कुमार ढुंगेल दाईको असमामयिक, अकल्पनीय स्वर्गारोहण भएको सन्दर्भमा आफन्त, नातेदार, साथीभाई तथा छर-छिमेकीबाट चासो व्यक्त गर्नुभएकोले परिवारको तर्फबाट यस समाजका सल्लाहकार श्री जीवन कुमार ढुंगेलद्वारा प्रेषित जानकारी तल :-

आफन्त र समाजका लागी जानकारी :

हामीले सम्भब भएको सबै प्रयास गर्यौं तर पनि दाजु (दिलिप कुमार ढुङेल) लाई बचाउन सकेनौं ।

दशैं भन्दा अगाडि नै दाजुलाई dengue को कारणले ज्वरो आएको रहेछ । दाजुले दुहबिको डा. लाई देखाउनु भयो । दुहबिको त्यो डाक्टरले dengue चेक नगरी सिधै टाइफाईडको औषधी खाने सल्लाह दिएछ । २/३ दिन त्यो औषधी खाए पस्चात असोज २२ गते बुधवारको दिन बिहानै दाजु फेन्ट हुनुभयो तर केही मिनेट मै होस् आयो । हामीले तु बिराट नर्सिङ होम पुर्यायौं । हस्पिटलमा पुग्ने बित्तिकै फेरी फेन्ट हुनुभो र पुन: केहीक्षण पछी होस् आयो । त्यहाँ (बिराट नर्सिङ होम मा) blood test गर्दा dengue भएको निर्क्यौल भयो ।

बिराटनगरको बिराट नर्सिङ होममा २२ गते बुधवार र २३ गते बिहीवार गरी दुई रात ICU मा राखेर धेरै पोका रगत चढाएर उपचार गर्दा पनि सुधार नदेखिएपछी
पारिवारिक सल्लाहमा risk लिएरै भएपनी air ambulance मा राखेर २४ गते शुक्रबारको दिन काठमाडौंको स्थित mediciti hospital ल्याएर यहाँ पनि ICU मै राखेर धेरै पोका रगत चढाएर उपचार गर्ने क्रम जारी रह्यो । डाक्टरहरुले हरसम्भब प्रयास गरे ।

यस बिच दिल्ली लैजाने वा दिल्ली बाट बिशेषज्ञ डाक्टरहरु बोलाउने सर सल्लाह हुँदै गर्दा २७ गते सोमबार एक अस्ट्रेलियन बिसेसग्य डाक्टर Kathmandu मै रहेको थाहापाएर (जो मेरो मित्र पनि हुन) उनलाई mediciti hospital बोलाएर त्यहाँ (mediciti मा) भैरहेको को उपचार पद्धती र बिरामीको अवस्था अनुसार अवलम्बन गरिएको उपचार उपाए बारे ब्यापक रुपमा बुझ्नेकाम गर्दा ति अस्ट्रेलियन डाक्टरले “उपचार पद्धती 100% अन्तरास्ट्रिय स्तरकै अवलम्बन गरेको” जानकारी हामीलाई दिए ।

जसले गर्दा हामीले दाजुलाई दिल्ली लैजाने वा दिल्ली बाट विशेषज्ञ डाक्टरहरु बोलाउने तर्फ हामी लागेनौ । यद्यपी २७ गते सोमबार रातीबाट दाजुलाई निमोनियाको सन्क्रमण देखियो र वहाँलाई सास फेर्न गार्हो भएकोले र स्थिती झन झन खस्कदै गएकोले २७गते सोमबार राती बाटै भेन्टिलेटरमा राखेर उपचार गर्न थालियो । त्यसपस्चात multi organ failier को क्रम शुरुभयो । अन्ततोगोत्वा २९ गते बुधवार साँझ ७: ४५ मा दाजुले हामीलाई सदाका लागी छोडेर जानुभयो ।

-जीवन कुमार ढुङगेल
दुहबी (शुभद्रामिल)
हाल:- काठमाडौं
9851039992
—————————————————————

दुहवी काठमाडौं समाजको विज्ञप्ति:

उपर्युक्त प्रेषित जानकारीबाट स्व. दिलिप कुमार ढुंगेलको प्रारंभिक उपचारको क्रममा आवश्यक टेस्ट नगरी दुहवीका डाक्टर (परिवारले नै सदासयताको साथ नाम अज्ञात राखेको) टाईफाईडको औषधी दिएर लापरवाही गरेको देखियो । चिकित्सकले औषधी लेख्नुपूर्व Vital Signs परीक्षण गर्नुका साथै अन्य आवश्यक संपूर्ण परीक्षण पूरा गर्नुपर्ने चिकित्सा विज्ञानको अन्तर्राष्ट्रीय मापदण्ड हो जुन दुहवीका ती चिकित्सकले पूरा गरेको देखिएन। स्व. दिलिप कुमार ढुंगेल फर्केर त आउनु हुन्न जसको मूल्य परिवारले चुकाउनु पर्यो । तर दुहवीका संबन्धित चिकित्सकले स्वत-स्फूर्त रूपमा आफ्नो गल्ती स्वीकारी परिवारसंग क्षमा माग्ने र भविष्यमा यस्तो गल्ती दोहोरिन नदिन सचेत हुने सार्वजनिक वक्तव्य आओस् भनी जोडदार माग गर्दछौं ।

विदुर निरौला (अध्यक्ष)
तथा
दुहवी काठमाडौं समाज परिवार

प्रकाशित मिति: Oct 17, 2019

प्रतिक्रिया दिनुहोस्