Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीको नेपाल भ्रमण : उडान तथा सुरक्षासम्बन्धी पूर्वअभ्यास गरेर फर्कियो चिनियाँ विमान

काठमाडौं : चिनियां राष्ट्रपति सी जिङफिङको नेपाल भ्रमणको तयारी दुवै मुलुकले तिव्रताका साथ अघि बढाएको छ । भ्रमणको तयारीकै लागी चिनियां टोली नेपाल आएको छ ।

टोलीले चिनियां राष्ट्रपति सी भ्रमणको क्रममा उडान तथा सुरक्षासम्बन्धी पूर्वअभ्यास गरेको छ । विमान आजै ३ :१५ मा चीन फर्किसकेको छ ।

विमास्थलस्रोतकाअनुसार विमानस्थलको अवस्था, उडान र अवतरण बारे पूर्व अभ्यासका लागि टोली बुधबार दिउंसो साढे एक वजे त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।

बोइङ ७४७-८०० जहाज अवतरण भएसंगै विमानस्थलको उडान र अवतरण समेत केही समय प्रभावित भएको थियो । चिनियां राष्ट्रपति सी अक्टोम्बर १२ मा नेपाल भ्रमणमा आउने कार्यक्रम छ ।

 

प्रकाशित मिति: Oct 2, 2019

प्रतिक्रिया दिनुहोस्