Logo
१५ बैशाख २०८१, शनिबार
(October 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५० औं जन्मजयन्तीको अवसरमा महात्मा गान्धीको शालिक अनावरण

नेपालमा निकै सम्मानित महात्मा गान्धीको शालिक अनावरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासमा गान्धीको शालिक अनावरण गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी र गान्धीवादी भद्रकुमारी घलेले संयुक्त रुपमा शालिक अनावरण गरेका हुन् । संसारभर शान्तिको सन्देश फैलाउने महात्मा गान्धीको आज १५० औं जन्मजयन्ती विश्वभर मनाइएको छ ।

गान्धीको सादगी जीवन र महान विचारले संसारमा नयाँ दर्शन प्रतिपादन भएको थियो । उनको दर्शनको प्रभाव नेपालमा उत्तिकै छ ।

गान्धीबाट प्रभावित भएर दक्षिण एशियामा रंगभेदविरुद्धको शान्तिपूर्ण आन्दोलन सफल भएको थियो । नेल्सन मण्डेला गान्धीवादी थिए । विश्वका धेरै आन्दोलन गान्धीबाट प्रभावित छ ।

 

प्रकाशित मिति: Oct 2, 2019

प्रतिक्रिया दिनुहोस्