Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी र राजपाबीचको एकता प्रक्रिया स्थगित, राजपाले लिखित जवाफ पठाउँदै

उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत ६ जना अध्यक्ष नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको एकता प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।

राजपाको कुनै पनि अस्तित्व नरहनेगरी आफ्नो पार्टीमा बिलाय हुन समाजवादी पार्टीको प्रस्तावलाई ठोकराउँदै राजपाले तत्काल एकिकरण प्रत्रिया स्थगित गर्ने निर्णयमा पुगेको हो ।

समाजवादी पार्टीको एकीकरण प्रस्ताव तत्कालका लागि अस्वीकार गर्दै लिखित जवाफ नै पठाउने भएको छ। समाजवादी पार्टीको एकिकरण प्रस्ताव रुवाफको नमुाना भएको भन्दै राजपा नेपालले उक्त एकीकरण प्रस्ताव तत्कालका लागि अस्वीकार गरेको हो ।

राजपाले अध्यक्ष मण्डलको जारी बैठक सकिएलगत्तै समाजवादी पार्टीलाई लिखित जवाफ पठाउने भएको हो । समाजवादीले अनौपचारिक रुपमा पठाएको एकीकरण प्रस्तावमा आफ्नो एजेन्डा नपरेको तथा सांगठनिक संरचना चित्तबुझ्दो नभएको जवाफ राजपाले पठाउन लागेको हो ।

यही भदौं १२ गतेबाट राजपा नेपालसमक्ष समाजवादीले एकीकरणका लागि औपचारिक प्रस्ताव गरेपछि अध्यक्ष मण्डलको बैठकमा यो विषयले प्रवेश पाएको छ ।

राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले समासामयिक राजनीतिक विषयसहित समाजवादीको एकीकरण प्रस्तावका बारेमा पनि छलफल जारी रहेको बताए ।

‘अध्यक्षमण्डलमा छलफल जारी नै छ, त्यो सकिनेबित्तिकै एउटा निर्णयमा पुग्नेछौं’ भण्डारीले भने, ‘सोअघि एकीकरणलगायतका विषयमा यसै भन्न सक्ने अवस्था छैन ।’

राजपाभित्र पुर्वनिर्धारित महाधिवेशन सम्पन्न गरेर पार्टी एकीकरण प्रक्रियाको छलफलमा जाने कि त्यसअघि नै जाने भन्ने बारेमा विवाद कायमै रहेका बेला समाजवादी पार्टीले गत भदौं १२ गते औपचारिक रुपमा एकीकरणको प्रस्ताव अघि सारेको थियो ।

गत शनिवारदेखि जारी राजपा अध्यक्ष मण्डलको बैठकमा समाजवादी पार्टीको एकीकरण प्रस्तावसहित कात्तिक २८–३० का लागि पुर्वघोषित महाधिवेशनलगायतका बिषयमा छलफल चलिरहेको छ।

‘सांगठनिक संरचनामा पनि अपमान हुने गरी प्रस्ताव आएको छ भने पार्टीको वैचारिक, राजनीतिक मान्यता र मार्गदर्शन सिद्धान्त पनि स्वीकार गरिएको अवस्था छैन,’ एक अध्यक्षले भने, ‘पार्टी एकीकरण भनेको ५०÷५० हो तर यहाँ त ९९ समाजवादीको र १ राजपाको मात्रै रहने देखिन्छ।’

‘समाजवादी पार्टीले गरेको प्रस्ताव तत्काल राजपाले स्वीकार गर्ने पक्षमा छैन भन्ने निष्कर्ष अध्यक्ष मण्डलको बैठकमा प्रकट भएको छ,’ राजपा अध्यक्ष मण्डलका एक नेताले भने, ‘तर, औपचारिक रुपमा नै बैठकको एजेन्डा बनिसकेपछि त्यसको लिखित जवाफ भने समाजवादीलाई पठाउँछौं।’

उनका अनुसार समाजवादी पार्टीले प्रस्ताव गरेको एजेन्डामा राजपा नेपालको राजनीतिकदेखि सांगठनिक संरचनामा मेल खाएको अवस्था छैन ।

समाजवादी पार्टीले एकीकरण पछिको पार्टीको नाम समाजवादी पार्टी रहने, त्यसको नेतृत्व पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गर्ने र भट्टराईलाई संघीय परिषदको अध्यक्षको जिम्मेवारी दिइने प्रस्ताव गरेको छ ।

दोस्रो वरियताक्रममा महन्थ ठाकुरलाई मानार्थ अध्यक्ष दिइने र कार्यकारी अधिकारसहितको अध्यक्ष भने उपेन्द्र यादव रहने समाजवादीले अघि बढाएको एकीकरण प्रस्तावमा उल्लेख छ । ठाकुरपछि मर्यादाक्रमको पाँचौं स्थान मात्रै राजपाका अध्यक्ष राजेन्द्र महतोलाई स्थान दिईएको छ ।

महतोभन्दा माथि अशोक राई वरिष्ठ नेताका रुपमा रहनेछन् भने महतोलाई वरिष्ठ नेतासहित संसदीय दलका नेताको जिम्मेवारी दिइनेछ । सचिवालय सदस्यको रुपमा राजेन्द्र श्रेष्ठ, शरदसिंह भण्डारी र महेन्द्र यादव रहनेछन् भने अध्यक्ष मण्डलमा नै रहेका राजकिशोर यादव र अनिल झाका बारेमा समाजवादीको प्रस्ताव मौन बसेको छ ।

जसमा राजपाका ६ जना अध्यक्षलाई अलग–अलग भूमिका दिन खोजिएको भन्दै बैठकमा आपत्ति प्रकट भएको एक महासचिवले बताए । त्यसो त एकीकरणपछि समाजवादी पार्टीले आफनो पार्टीको नाम मात्रै होइन, पार्टीको झन्डा र चुनाव चिन्ह पनि सोही पार्टीको हुनुपर्ने प्रस्ताव गरेको छ ।

जसअनुसार माथि रातो र तल हरियो रंगको बीचमा एउटा सेतो तारा भएको पार्टी झन्डा नयाँ पार्टीको पनि हुनेछ भने मशाल चिन्हलाई चुनाव चिन्ह बनाउनु पर्ने समाजवादी पार्टीको प्रस्ताव छ ।

आफनै पार्टी झन्डा र चुनाव चिन्ह स्वीकार्न समाजवादीले आग्रह गरेपछि राजपामा अन्यौल बढेको छ । माथि रातो, बीचमा सेतो र तल हरियो रंग तथा सेतो भागमा रातो छाता चिन्ह राखिएको राजपाको पार्टी झन्डालाई कुनै सम्मान नगरिएको भन्दै अस्वीकार गर्नुपर्ने मत अध्यक्ष मण्डलमा रहेको देखिन्छ ।

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्