Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदर्शनकारीद्वारा भवनमा आगजनी, कम्तिमा १६ जनाको मृत्यु

इन्डोनेसियाको पूर्वी प्रान्त पापुआमा प्रदर्शनकारीले स्थानीय शहरका भवनमा आगजनी गरेका छन् । अधिकांश हाइस्कूलका विद्यार्थी रहेको उक्त आगजनीमा कम्तिमा १६ जनाको ज्यान गएको हो ।

स्थानीय शिक्षकले विद्यार्थीमाथि गरेको रंगभेदी टिप्पणीका कारण सोमबार प्रदर्शन भएको हो । आजगनी बाहेकका फरक घटनामा सोमबार नै पापुआको राजधानी जयपुरामा ४ जनाको ज्यान गएको जनाइएको छ ।

प्रदर्शनकारीहरुले स्थानीय शहर वामेनाका भवनमा आगजनी गर्दा धेरै मानिस घाइते भएका छन् । आगजनी भएको भवनमा फसेकाहरुको ज्यान गएको हो ।

पापुआमा यस्तो खालको हिंसा बारम्बार हुने गरेको छ । गएको अगस्टमा रंगभेदी टिप्पणीकै कारण हप्ता दिनभन्दा बढी समय तनावको अवस्था सिर्जना भएको थियो ।

नेदरल्याण्डसको उपनिवेशमा रहेको पापुआ सन् १९६१ मा स्वतन्त्र घोषित भएको थियो । तर सन् १९६९ मा विवादास्पद रुपमा इन्डोनेसियाले कब्जा गर्यो ।

हालसम्म पनि इन्डोनेसियाबाट स्वतन्त्र हुनका लागि आन्दोलन हुँदै आएको छ । गएको अगस्टमा स्थानीयमाथि भएको रंगभेदी मजाकले त्यसलाई बल प्रदान गरेको थियो । पापुआ क्षेत्रमा बसोबास गर्ने अधिकांश अफ्रिकन मुलका छन् ।

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्