Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री मोदीलाई पाकिस्तानी आकाशमा उड्न निषेध

पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो एयरस्पेस प्रयोग गर्ने अनुमति दिन अस्वीकार गरेको छ। प्रधानमन्त्री मोदी सेप्टेम्बर २१ मा अमेरिका जाँदै छन् । अमेरिकामा उनले ‘हाउडी मोदी’ कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

पाकिस्तानले भनेको छ कि उसले भारतका प्रधानमन्त्री मोदीलाई आफ्नो देशको एयरस्पेस प्रयोग गर्ने अनुमति दिने छैनौँ । मोदीलाई आफ्नो देशको हवाई क्षेत्रबाट जान अनुमति दिन इन्कार गर्दै पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भने, ‘भारतबाट आग्रह आएको थियो कि नरेन्द्र मोदी पाकिस्तानको एयरस्पेस भएर जर्मनी जान चाहन्छन् तर कश्मीरको हालत देखेर हामीले फैसला गर्यौँ कि यसको अनुमति दिने छैनौँ ।

उनले भने, ‘हामीले भारतीय उच्चायोगलाई अवगत गराएका छौँ कि मोदीको उडानका लागि हामी आफ्नो हवाई क्षेत्र प्रयोगको अनुमति दिने छैनौँ ।’ यसअघि पनि पाकिस्तानले भारतका राष्ट्रपति रामनाथ कोविन्दको हवाई जहाजको पनि आफ्नो हवाईक्षेत्रमा उडने अनुमति दिएको थिएन ।

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्