Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दराजले ल्यायो दशैं धमाका : भदौ २९ देखि असोज १३ सम्म

काठमाडौं :  नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले वर्षकै सबैभन्दा ठुलो सेल दराज दशैं धमाका लिएर आएको छ । दशैंमा खुशीयाली डिलिवर नामक धमाकेदार अभियान यहि भदौ २९ देखि असोज १३ सम्म हुने भएको छ ।

यस अभियान अन्तर्गत उपभोक्ताहरुले ६० प्रतिशत सम्मको छूट भएको मेगा डिल्स, दशैं दक्षिणा (Discount Vouchers), मिस्ट्री बक्स, कलेक्टिबल भाउचरहरु, गेम जोन, तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् ।

त्यसैगरी, शेक शेक गेम अन्तर्गत आकर्षक भाउचरहरु जित्न उपभोक्ताहरुले २८-३० भदौ र ३-५ असोजकोबीच हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र दराज एप खोली आफ्नो मोबाइल फोन हल्लाउनु पर्नेहुन्छ ।

दशैंको उपलक्षमा दराजले महाबम्पर उपहार पनि लिएर आएको छ । लक्की ड्र मार्फत एक भाग्यशाली उपभोक्ताले नयाँ टीभीएस अपाचे आरटीआर १६० ४भी जित्ने मौका पाउनेछन् ।

दराजको यस दशैं अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्छन्- “दशैं भनेको वर्षकै सबै भन्दा ठूलो शपिङ सिजन हो । अन्लाइन प्लेटफर्म हुनुका कारण हामी यस दशैँ धमाका अभियानद्वारा उपभोक्ताहरुलाई घरै बसी तथा चाडपर्व सुरुहुनु अघिनै दशैँको किनमेल गर्न पाउने सहज सुविधा प्रदान गर्ने आशा गर्दछौं ।”

लक्की ड्रमा भाग लिन उपभोक्ताहरुले भदौ २९ देखि असोज १३ को बीचमा दराज मा शपिङ गर्नुपर्नेछ । यस लगायत उपभोक्ताहरुले अन्य धेरै उपहार पनि जित्न सक्नेछन् ।

बैंकिङ्ग सहयात्रीबाट पाइने अतिरिक्त छुटहरु :

उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन दराज ले ७ ठुला बैंकहरुसँग मिलि थप छुटहरु लिएर आएको छ । उपभोक्ताहरुले दराजको ७ बैंकिङ्ग पार्टनरहरुको (Nabil Bank, Standard Chartered, Sanima Bank, Mega Bank, Global IME, Machhapuchchhre Bank, NIC Asia) डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अन्लाईन पेमेन्ट गर्दा थप २० प्रतिशत अथवा रु २५०० सम्मको छुट पाउनेछन् ।

यदि उपभोक्ताहरुसँग उक्त बैंकहरुको कार्ड छ । तर अन्लाईन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंकसँग सम्पर्क गरी सुचारु गर्न सकिन्छ ।

टप ब्रान्डहरुमा डिल्स् :

यस अभियानमा संयुक्त सहयात्री ब्रान्डहरु मध्ये TVS, Xiaomi, Samsung, Vianet, Samsara Holidays, Huawei, Sony, LG, Home Glory, Adidas, Vans, Sonam Gears, Mantra, Bishesh Creations, Lego, Technic, Juas, Rangoli and Aamayra Fashion House  पर्दछन् । यी सबै ब्रान्डहरुको विभिन्न उत्पादनहरुमा ६० प्रतिशतसम्मको छूट रहेको छ ।

दराज दशैं धमाका अन्तर्गत अन्य धेरै तथा छुटाउन नहुने अफरहरुमध्ये सम्सारा को बालि, दुबई, इजिप्ट का होलिडे प्याकेजहरु पनि पर्दछन् । होलिडे प्याकेजबाहेक TVS NTORQ Scooters, Hitachi 43” Smart TVs, Vianet packages, MI Phones, Mantra Nepal Travelling Guitar, Sonam Gears, Adidas का उत्पादनहरु तथा अन्य घरायसी समानहरुमा पनि आकर्षक छूटहरु रहेका छन् ।

यसका साथै अब दराजमा गाडी पनि किन्न मिल्नेछ । दराजले यस दशैँको उपलक्ष्यमा सबैभन्दा सुलभ मूल्य मा Tata Tiago गाडी लिएर आएको छ ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्