Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानमा फेला फर्यो ९ सय वर्ष पुरानो चामत्कारिक शिव मन्दिर (फोटो फिचर)

पाकिस्तान कट्टर मुस्लिम धर्मावलम्वीको बाहुल्यता भएको देश हो । इन्डोनेसियापछिको मुसलमान जनसंख्यामा बाहुल्य भएको पाकिस्तान दोश्रो देश हो ।

यहाँ ९८ प्रतिशत मानिस इस्लाम धर्म मान्दछन् । पाकिस्तानमा हिन्दु धर्मालम्बीको संख्या अत्यन्त कम भएता पनि धार्मिक आस्था राख्ने हिन्दुहरु पनि रहेको कुरा धेरैलाई थाहा नहुन सक्छ ।

अर्को अत्यन्त रोचक कुरा के छ भने, यहाँ भगवान शिवको चामत्कारिक मन्दिर छ । उक्त मन्दिर पाकिस्तानको चकवाल गाउँबाट ४० किलोमिटरको दुरीमा रहेको कटस गाउँको पहाडमा अव्यवस्थित शिवको मन्दिर छ । यो मन्दिर लगभग ९ सय बर्ष पुरानो रहेको मानिन्छ ।

कटसराज नामक उक्त मन्दिर पाकिस्तानमा रहेका हिन्दुधर्मालम्बिहरुको आस्थाको प्रमुख स्थल मानिन्छ । हाल कटसराज मन्दिर भएको स्थलमा सत्ययुगमा भगवान शिव सतीदेविको मृत्यु भएपछि वैराग भएर रुँदै पुगेको विश्वास गरिन्छ ।

पिता दक्षप्रजापतिको यज्ञ कुण्डमा आत्मदाह गरेकी सतीदेविको वियोग सहन गर्न नसकि भगवान शिव रुँदै १४ भुवनको यात्रा गरेको पौराणिक पुस्तकमा उल्लेख छ । सोही बेला पाकिस्तानको कटस गाउमा पुगी सतीदेविको स्मरणमा शिव रोएका थिए । भगवान शिवको दुई आँखाबाट आँशु खसेको कारण पाकिस्तानको कटस गाउँमा एक पोखरी बनेको र त्यसैको नाम कटाक्ष कुण्ड बनेको थिए ।

जबकी भगवान शिव को अर्काे आँखाबाट खसेको आँसु भारतको राजस्थानस्थित पुष्कर तीर्थमा खसी अर्काे कुण्ड बनेको थियो । मान्यताअनुसार उक्त कुण्डमा रहेको पानीमा चामत्कारिक शक्ति रहेको छ । उक्त कुण्डमा रहेको पानी निलो र हरियो रंगको रहेको छ ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्