Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ दिनदेखि सुनको मूल्य स्थिर, चाँदीमा वृद्धि

काठमाडौं :  आज साताको चौथो दिन बुधबार पनि सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज पनि त्यतिमै कायम छ । विगत २ दिन देखि सोही मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन भने तोलामा ७१ हजारमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने ५ रुपियाँले बढेको छ । आज चाँदी ८ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य ८६५ थियो ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्