Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एपीएफ टोलीद्वारा लागूऔषधसहित ३ जना पक्राउ

रुपन्देही :  रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखौतियाबाट भाद्र २९ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ओम सतिया गाँउपालिका ४ बस्ने ३० वर्षीया सरिता यादव, ३१ वर्षीया नेमा यादव र सोही जिल्लाकै देवदह नगरपालिका १२ बस्ने ३५ वर्षीया आशा पठान छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आँउदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नोफिन ५ सय २५ वटा, प्रोमेथाजिन ५ सय २५ वटा, डाईजापाम ५ सय २५ वटा तथा नाइट्रोजम २ सय वटा फेलापरेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

एपीएफ टोलीद्वारा सामान बरामद

त्यसैगरी बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट भाद्र ३० गते एपीएफ टोलीले करीव ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

ना ३ ख २४५८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ५ पोका लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गुल्म हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी बर्दिया जिल्लाको गुलरिया नगरपालिका ९ स्थित खालीकुरुवाबाट भाद्र २९ गते एपीएफ टोलीले करीव १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीनीकासीकोे सामान बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरको गुट्खा तथा फेयर एण्ड लब्ली क्रिम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबञ्जारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

प्रकाशित मिति: Sep 16, 2019

प्रतिक्रिया दिनुहोस्