Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान दिवसको अग्रीम तयारीमा जुट्यो प्रदेश ७ सरकार

धनगढी :  सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस मनाउने तयारी सुरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय संविधान दिवसको तयारीमा जुट्नुका साथै यस वर्ष संविधान दिवस भव्यताका साथ ३ दिन सम्म मनाउने बताएका हुन् ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस वर्ष फरक ढंगले संविधान दिवस मनाउने निर्णय गरेको छ । संविधान दिवसको लागि तयारी समेत सुरु भइसकेको र यस वर्ष ३ दिनसम्म दीपावली गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुनप्रसाद पोख्रेलले जानकारी दिए ।

‘यस वर्ष राष्ट्रिय उत्सवका रूपमा संविधान दिवस मनाइने छ’ उनले भने, संविधान दिवसको लागि भव्य तयारी सुरु भइसकेको छ ।’ असोज २ गते देखि ४ गतेसम्म दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने उनले जानकारी दिए । ३ दिन सम्म दीपावली, सञ्चार संवाद, र्याली, झाँकी र औपचारिक सभा समेत आयोजना गरिने बताए ।

संविधान दिवसको अवसर पारेरै ४ गते वृक्षारोपण गरिने पोख्रेलले बताए । भदौ २४ गते मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा संविधान दिवस मूल आयोजक समिति समेत गठन भइसकेको छ ।

प्रकाशित मिति: Sep 13, 2019

प्रतिक्रिया दिनुहोस्