Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी ज्वाइँलाई नेपाली नागरिकता दिन सकिन्न : गृह मन्त्रालय 

सरकारले तत्काल विदेशी ज्वाइँलाई नागरिकता दिने निर्णय गर्न नसकिने बताएको छ । नागरिकता विधेयकमाथि छलफल गरिरहेको राज्य व्यवस्था तथा सुशासन समितिमा विदेशी ज्वाइँको नागरिकताबारे बहस भइरहेको छ ।

नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँत बिहे गर्दा नागरिकता नपाउने व्यवस्था विभेदकारी भएको महिला सांसदहरुको तर्क छ ।

तर समितिको बैठकमा गृहसचिव प्रेमकुमार राईले विदेशी ज्वाइँलाई नागरिकता दिनेबारे तत्काल कुनै निर्णय गर्न नसक्ने बताए ।

विदेशी ज्वाइँलाई नागरिकता दिँदा कस्तो असर पर्छ भनेर अध्ययन गर्नपर्नु र यसका लागि ३र४ वर्ष समय लाग्ने उनले बताए । यद्यपि संसदीय समिति आफ्नो निर्णय गर्न स्वतन्त्र रहेको गृहसचिव राईले बताएका छन् ।

प्रकाशित मिति: Sep 12, 2019

प्रतिक्रिया दिनुहोस्