Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछाने लगायतको मुद्दाको सुनुवाई स्थगित, असोज २ गतेका लागि तोक्यो अर्को पेशी

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितको विषयमा उच्च अदालत पाटन हेटौंडा इजलासले आज भदौ २६ गते हुने भनिएको सुनुवाई स्थगित गरेको छ ।

पुडासैनी आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने, पत्रकार युवराज कँडेलले दिएको निवेदन, सरकारी वकिल कार्यालयले दिएको निवेदन र चितवन जिल्ला अदालतको प्रतिवेदनमाथि आज सुनुवाई हुने जनाइएको थियो ।

लामिछाने र कँडेलका कानुन व्यवासयी शुशिलकुमार पन्तले आज भदौ २६ गते देश बाहिर हुने भएकाले उपस्थित हुन नसक्ने भन्दै हेटौंडा इजलासमा निवेदन दिएका थिए ।

आफु उपस्थित हुन नसक्ने भएकाले पेशी स्थगित गर्न उनले निवेदन दिएपछि पेशी स्थगित भएको प्रवक्ता अमृत घिमिरेले जानकारी दिए । न्यायाधीयद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासले पेशी स्थगित गरी असोज २ गतेका लागि तोकेको घिमिरेले बताए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीललाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा रिट दायर गरेपछि आजका लागि सुनुवाई तोकिएको थियो ।

गत मंगलबार उक्त रिट माथि भएको सुनुवाइमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रविसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेन साथ राखी पेश गर्न आदेश दिएका थिए ।

यसअघि लामिछाने र कँडेलले चितवन जिल्ला अदालतले दिएको आदेश बदरको माग गर्दै उच्च अदालत उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास भदौ १८ गते पुगेका थिए ।

प्रकाशित मिति: Sep 12, 2019

प्रतिक्रिया दिनुहोस्