Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् आजको राशीफल : राशीअनुसार यस्तो रहनेछ तपाईको दिन

मेष राशी :

मेष राशी हुनेहरुको आज आफ्नै पाखुरी र बुद्धि खियाएर जुनसुकै काममा पनि सफलता पाइनेछ । यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । मन्दिर तथा देवालय भ्रमणबाट मन सन्तुष्ट हुनेछ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन

वृष राशी :

वृष राशी हुनेहरुको लागि आज प्रतिकुल समय छ । तथापी धन, धर्म र भाग्यवलमा बढोत्तरी हुनेछ । गोप्य योजना सफल हुनेछ । लामोसमयदेखिको उल्झन सुल्झिनेछ ।

मिथुन राशी :

वृष राशी हुनेहरुको लागि आज प्रतिकुल समय छ । तथापी धन, धर्म र भाग्यवलमा बढोत्तरी हुनेछ । गोप्य योजना सफल हुनेछ । लामोसमयदेखिको उल्झन सुल्झिनेछ । यस राशी हुनेहरुका आजका लागि आज शुभ रंग कालो र शुभ अंक ८ रहेको छ ।

कर्कट राशी :

यस राशी हुनेहरुको आज क्षमता प्रदर्शन गर्ने दिन रहेको छ । जुनसुकै काममा सफलता मिल्नेछ । मानसिक रुपमा सबल भइनेछ । उत्साहमा वृद्धि हुनेछ । व्यवसायिक स्थितीमा सुधार आउनेछ ।

सिंह राशी

सिंह राशी हुनेहरुको आज ज्ञान र सिप बाडेर जस पाइनेछ । व्यवसायिक क्षेत्रबाट विशेष लाभ प्राप्त हुने समय छ । साहित्य तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आजको चिन्तन र विचारले काम गर्न सक्छ । व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ ।

कन्या राशी :

कन्या राशी हुनेहरुका लागि आज मानसिक रुपमा अशान्ति र वेचैनी बढ्ने छ । विश्वास गरेकाले धोका दिनेछन् । घरायासी प्रयोजनमा धन खर्च हुनेछ । सामान्य कुराले पनि मन पिरोल्छ ।

तुला राशी :

यस राशी हुनेहरुका लागि पराक्रम प्रदर्शन गरेर काम बन्ने दिन छ । परोपकारी र दिनदुःखीलाई दिएको सातो सहयोगले रोकिएका काम बन्न सक्छ ।

सामाजिक र धार्मिक काममा समय बित्नेछ । व्यापार व्यवसाय र रोजगारीको क्षेत्रमा मनग्ये धन लाभ गर्ने समय छ । पशुपालन र दुग्ध व्यवसायमा संलग्नहरुले आज विशेष फाइदा लिन सक्नेछन् ।

वृश्चिक राशी :

वृश्चिक राशी हुनेहरुका लागि आज मध्यम खालको दिन छ । आर्थिक रुपमा राम्रौ रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नुपर्ने दिन छ ।

व्यपार व्यवसायबाट लाभ मिल्नेछ । प्रविधिक कारणले आएका समस्या समाधान गर्न धेरै समय खर्चिनु पनेृछ । गरेका काममा सोचेजति सफलता नमिल्न सक्छ । आत्मबलमा कमी आउनेछ । लुगा, गहना आदि किन्दा महंगोमा पर्ने योग छ ।

धनु राशी :

धनु राशी हुनेहरुका लागि आज कृषि क्षेत्र र श्रममूलक व्यवसायमा सोचेजस्तो फाइदा लिन सकिने छैन । पेसा वा नोकरीमा असन्तुष्टि बढ्न सक्छ ।

भोगविलास र मनोरञ्जनमा खर्च गर्न मन आकर्षित हुनेछ । दीर्घकालिन काम गर्ने सोच स्थगित गर्दा राम्रै हुनछ । मेहनतको परिणाम प्राप्त हुने संकेत छ ।

मकर राशी :

मकर राशी हुनेहरुका लागि आज खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनु रामैो हुन्छ । विवाद र छलफलमा आफुलाई संमय बनाउनुहोला ।

कडा बोलीका कारण अप्ठ्यारोमा परिएला । व्यवसायिक जीवन यथावत रहनेछ । गोपनियता अपनाएमा काम सम्पन्न हुन सक्छ । दानपुण्यका कार्यबाट लाभ लिन सकिनछ । व्यापार व्यवसाय राम्रो छ ।

कुम्भ राशी :

यस राशी हुनेहरुले आज सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्ने समय छ । जसबाट यश सम्मान तथा प्रतिष्ठा प्राप्त हुनेछ ।

अध्ययनमा सफलता मिल्ने योग छ । नयाँ ज्ञान प्राप्त हुने समय छ । रोकिएका काम बन्नेछन् । बोलीको कदर हुनेछ । गरेका कामको उच्च मूल्यांकन हुनेछ । बोलीको कदर हुनेछ ।

मिन राशी :

यस राशीका लागि आज मेहनत र दौडधुप गरिएका काममा सफलता मिल्नेछ । सामाजिक कार्यभार बहन गर्नुपर्नेछ । जग्गा जमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ ।

व्यापार व्यवासय र रोजगारीको क्षेत्रमा समय दिन नसके हानी पुग्न सक्छ । नयाँ काममा लगानी बढाउन समय अनुकुल छैन । मेहनत अनुसारको आम्दानी प्राप्त हुनेछ । तर आयको अनुपातमा खर्चको मात्रा बढ्ने देखिन्छ ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्