Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि सहित ३ जान विरुद्ध अभियोग दायर, थुनामै राख्ने कि तारेखमा छाड्नेमा थुनछेक बहस

चिनवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नाम जोडिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित ३ जनालाई आज फेरि जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।

अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि लामिछाने सहित युवराज कंडेल र अस्मीता कार्कीलाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न गरिएको हो ।

स्रोतका अनुसार रविविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको छ । अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र रविलगायतका वकिलबीच बहस सुरु हुनेछ ।

यदि आज बहस नसकिए भोलि पनि बहस चल्ने छ । बहस सकिएपछि रवि रिहा हुने नहुने बारे निर्णय हुने जिल्ला अदालतका जनाएको छ । प्रहरी अब थप म्याद माग्ने पक्षमा नरहेका कारण उनीविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्न लागेको जनाइएको छ ।

बयान सकिएको र अनुसन्धान चलिराखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । उनले भने-‘आज अदालतमा बहस हुन्छ, बाँकी कुरा अदालतको आदेशपछि थाहा हुन्छ।’

पत्रकार पुडासैनीले आत्महत्या गर्नु अगाडि तयार पारेको भनिएको एक भिडियोमा पुडासैनीले रवि लामिछाने, युवराज कंडेल र अस्मीता कार्कीका कारण आफुले आत्महत्या गर्न बाध्य भएको बताएका छन् ।

सोहि भिडियोका आधार प्रहरीले साउन ३० गते बिहीबार रबिसहित तीनैजनालाई पक्राउ गरेको थियो । आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उनीहरुमाथि प्रहरीले ११ दिनदेखि अनुसन्धान गर्दै आएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ भने अनुसन्धानमा सहयोग पुर्‍याउन काठमाण्डौबाट प्रहरीको विशेष अनुुसन्धान टोली पनि चितवन आएको छ ।

मुलुकी अपराध (संहिता) ऐन,२०७४ ले आत्महत्याका लागि कुनै पनि प्रकारको दुरुत्साहनलाई फौजदारी कसुर मानेको छ। यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आइतबार फाइल पेस गरेको हो । अब उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

पुडासैनी चितवनको एक होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । तर, रविका समर्थकहरुले भने निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्