Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विरोधीलाई प्रधानमन्त्रीको चुनौतिपुर्ण जवाफ : अझै १५ बर्ष अखडामा हुन्छु !

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘मरिहालोस्’ भन्नेहरूलाई अर्को चुनाव सामना गर्न तयार रहन आग्रह गरेका छन् ।

आफू अझै १५ वर्ष अखडामा रहने उनले बताए । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे अनेक प्रचार भएको भन्दै खण्डन गरे ।

विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहाना पुरा हुन नसकेको उल्लेख गर्दे प्रधानमन्त्रीले जिद्धी र अडानलाई छोडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दाबी गरे ।

‘संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको छ । जिद्धीहरुलाई होइन तर्कलाई संविधानले सम्मान गरेको छ । यो संविधान विगतका संघर्षहरुको गौरवको, इतिहासको, बलिदानको, उपलब्धिको संग्रह हो’ प्रधानमन्त्रीको भनाई थियो ।

उनले ठूलो बलिदानी र विभिन्न पक्षहरुको योगदान र तपस्यापछि मात्रै उपलब्धिको निचोडको रुपमा संविधान प्राप्त भएको उल्लेख गर्दै यस कार्यमा सहभागी संबैले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिए ।

जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधानको खुसीयाली सिमित घेरामा मात्रै मनाउनु उपयुक्त नहुने भन्दै उनले राष्ट्रिय महोत्सवको रुपमा जनसहभागीताका साथ व्यापक र भव्य रुपमा मनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन पनि दिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आईरहेका चर्चा परिचर्चा खण्डन गर्दे विरोधीलाई चुनौतिपुर्ण जवाफ दिए ।

विरोधीले आफुलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौति दिए । ‘अचम्म लाग्छ । विरोधीहरु कति कमजोर भएछन् । ऊ बाँचोस् तैपनि मुकाविला गर्छु भन्ने छैन । मरिहाले हुन्थ्यो भनेर ।

मलाई यस्ता प्रवृत्तिसँग केही भन्नु छैन । मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु’ प्रधानमन्त्रीले भने, ‘आउँदो चुनाव टफ हुनेछ । अस्तित्व रक्षाको लडाई अहिलेदेखि नै सुरु गरे हुन्छ । यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गर्या हुनाले । फेरी निरास होलान् पछि भनेर । धेरै निरास नहुन् भनेर । अझै १५ बर्ष अखडामा हुन्छु । त्यसकारण पूजा अर्चना , प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ ।’

केही दिन अघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली विहिबार फेरी उपचारका लागि नै सिंगापुर जादैछन् ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्