Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रविको समर्थनमा नारा लाउनेलाई नेकपाको चेतावनी (विज्ञप्तिसहित)

चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनमा रहेका विवादीत सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले गम्भीर ध्यानार्षण भएको जनाएको छ ।

नेकपा, चितवन जिल्ला कमिटीले सोमबार एक विज्ञप्ति जारी गर्दै केही दिनयता भइरहेको प्रदर्शन अनुसन्धानलाई प्रभावित पार्ने मनसायबाट भइरहेको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार लामिछाने चितवन प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध पुडासैनीको परिवारले किटानी जाहेरी दिएको छ । लामिछानेलगायतका व्यक्तिहरूले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेको छ ।

जसमा लामिछानेको टिमका युवराज कँडेल र उनीहरूले प्रयोग गरिएकी भनिएकी युवती रुकु भनिने अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ। जसको विरोधमा विगत चार दिनदेखि चितनवमा रविको रिहाइको माग गर्दै प्रदर्शन र प्रहरीसँग दोहोरो झडप पनि भइरहेको छ ।

यस्तो छ विज्ञप्ति :

 

प्रकाशित मिति: Aug 19, 2019

प्रतिक्रिया दिनुहोस्