Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वपश्चिम राजमार्ग बन्द : अरूण खोलाको डाइभर्सन बाढीले बगायो

प्रदेश ५ स्थित पूर्वी नवलपरासीको अरूण खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ। ह्युमपाइप हालेर बनाइएको उक्त डाइभर्सन पनि आइतबारको बाढीले भत्काएपछि बाटो जाम भएको हो।

एक साताअघि ट्रक ठोक्किएर पुल भत्किएपछि आवतजावतका लागि डाइभर्सन बनाइएको थियो। सुदुरपश्चिम, कर्णाली र प्रदेश पाँचबाट काठमाडौं र पूर्व तथा पूर्वबाट पश्चिमका लागि छुटेका लामो दूरीका गाडीहरू आइतबार दिउँसो ४ बजेदेखि नै बाटोमा रोकिएका छन्।

लामो समयदेखि बाटोमा रोकिनु पर्दा यात्रुहरूलाई सास्ती भएको छ। नवलपुरमा सोमबार बिहान पनि ठूलो पानी परिरहेको र अरूण खोलामा आएको बाढीको सतह नघटेकाले बाटो कति खेर खुल्छ भन्न नसकिने नवलपुरका प्रहरी प्रमुख एसपी मोहन पोखरेलले सेतोपाटीलाई जानकारी दिए।

प्रकाशित मिति: Aug 19, 2019

प्रतिक्रिया दिनुहोस्