Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसपी-डिएसपी चिनेको छु भन्दै रकम बार्गे्निङ गर्ने भट्टराई आफै फसे प्रहरीको फन्दामा

पोखरा : पोखरामा एसपी, डिएसपी चिनेको छु भन्दै बार्गे्निङ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले एसपी, डिएसपीलाई चिनेको छु भन्दै रकम बार्गे्निङ गरेको भन्दै कार्यालयमा उजुरी परेपछि रकम बार्गे्निङ गर्ने विनोदबहादुर भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।

गएको साउन १ गते पोखरा महानगरपालिका १८ बस्ने विनोदबहादुर भट्टराईलाई ३ युवाले कुटपिट गरेको घटनालाई लिएर बारम्बार रकम बार्गे्निङ गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भट्टराईले प्रतिवादीको परिवारसँग सम्पर्क गरी मैले एसपी, डिएसपी चिनेको छु मुद्दा मिलाउने भए ३ लाख ५० हजार देउ नत्र ३ वर्ष जेलमा बस्नुपर्ला भनि पटक-पटक सम्पर्क गरेर रकम मागेपछि आफन्तहरुले प्रहरी कार्यालयमा आएर उजुरी दिएका थिए ।

‘मैले एसपी, डिएसपी चिनेको छु, मुद्दा मिलाउनका लागि ३ लाख ५० हजार लाग्छ भन्दै फोन सम्पर्क गरेर रकम माग्नुभएछ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले भने, ‘पटक-पटक रकमको बार्गे्निङ गर्ने, नत्र ३ वर्ष जेल बस्नुपर्छ भनि बारम्बार फोन गरि सकेपछि पीडितका आफन्त हामीकहाँ आउनुभयो ।’ ‘हामीले प्रमाण लिएर आउन भन्यौ, उहाँहरुले कल रेकर्ड लिएर आईसकेपछि हामीले पक्राउ गर्यौ,’ उनले भने । पक्राउ परेका भट्टराईलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्