Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछाने पक्राउबारे परराष्टमन्त्री यसो भन्छन् – ‘रवि लामिछाने कानुन भन्दामाथि छैनन्’

गुल्मी :  परराष्टमन्त्री प्रदीप ज्ञवालीले आफ्नो गृह जिल्ला गुल्मीमा गरिएको पत्रकार सम्मेलनमा टेलिभिजन प्रस्तोता रवि लामिछानेबारे केही बताएका छन् । प्रहरीले अनुसन्धानको सिलसिलामा प्रहरी पक्राउ परेका लामिछानेलाई मन्त्री ज्ञवालीले कोही पनि व्यक्ति कानुन भन्दामाथि नरहेको प्रष्ट्याएका छन् ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्याको सिलसिलामा अनुसन्धानका लागि लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरी ५ दिन म्याद थपेपछि भएका विरोधका सन्दर्भमा मन्त्री ज्ञवालीले यसो भनेका हुन् । मन्त्री ज्ञवालीले कानुनले सबैलाई समान मान्ने भन्दै घटनालाई अतिरञ्जित गर्न जरुरी नहरेको स्पष्ट पारे ।

पुडासैनीको भिडियो आफूले पनि हेरेको जानकारी मन्त्री ज्ञवालीले दिए । भिडियोबारे पनि प्रहरीले अनुसन्धान गरिहेको उनको भनाइ थियो । ’रविजी पनि कानुनभन्दा माथि हुनुहुन्न । सोधपुछका लागि प्रहरीले उहाँलाई पक्राउ गरेको हुनुपर्छ’, मन्त्री ज्ञवालीले भने, ‘भिडियो इडिटको कुरा आएको छ । त्यसबारे पनि प्रहरीबाट अनुसन्धान हुनेछ ।’

पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले मरेको मानिसले नामै तोकेर आत्महत्या गर्न बाध्य पारेको भनेपछि प्रहरीले अनुसन्धान गर्नु स्वभाविक भएको बताए ।

प्रकाशित मिति: Aug 17, 2019

प्रतिक्रिया दिनुहोस्