Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा प्रहरीको बीचबाटै एक अभियुक्त फरार, प्रहरीमाथि नै शंका

जनकपुर : जिल्ला प्रहरी कार्यालय धनुषाबाट एक अभियुक्त फरार भएका छन् । प्रहरी कार्यालय धनुषाबाट जबरजस्ती करणी मुद्दा खेपिरहेका सिरहाका २० वर्षका राममणि यादव फरार भएका हुन् ।

प्रहरीको भरीभराउ रहने र सुरक्षा अवस्था चुस्त दुरुस्त रहने जनकपुरस्थित प्रहरी कार्यालयबाट करणी आरोपित अभियुक्त फरार भएपछि प्रहरीमाथि नै शंका उब्जिएको पीडितको भनाई छ ।

बिहीबार दिउँसो बयानको लागि जिप्रका धनुषा अन्तर्गत अपराध अनुसन्धान शाखामा लगिएको बेला अभियुक्त यादव फरार भएको जिप्रका धनुषाले पुष्टि गरेको छ । उनलाई जबरजस्ती करणी अभियोगमा पक्राउ गरेर अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो ।

प्रहरीको रोहबरमा बयानका लागि अपराध अनुसन्धान शाखा लगिएका यादव मौका छोपेर फारर भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । यता, फरार यादवको खोजी कार्य तीव्र पारिएको जनाइएको छ ।

प्रकाशित मिति: Aug 16, 2019

प्रतिक्रिया दिनुहोस्